फुटबलर प्रिजेनलाई आर्थिक सहयोग

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०८-०८
  • |
  • 447 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्लड क्यान्सरको उपचार गराइरहेका राष्ट्रिय फुटबल खेलाडी प्रिजेन तामाङलाई बिहीबार आर्थिक सहयोग प्रदान गरेको छ ।

प्रिजेनलाई स्वास्थ्य उपचारका लागि राखेपले २ लाख र कोषले ३ लाख गरी जम्मा ५ लाख रुपैयाँ प्रदान गरेको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्य–सचिव दीपक श्रेष्ठले जानकारी गराए ।

राखेपका सदस्य–सचिव एवं कोषका अध्यक्ष टंकलाल घिसिङले प्रिजेनको स्वास्थ लाभाको कामना गर्दै प्रिजेनका पिता राजकुमार तामाङलाई आर्थिक सहयोग हस्तान्तरण गरे ।

प्रिजेनले दिल्लीको अपोलो अस्पतालमा उपचार गराइ रहेका छन् । पहिलो चरणको ब्लड क्यान्सर भएका उनलाई २ पटक किमो दिइसकेको अझ २ पटक किमो दिन बाँकी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रिजेन डिसेम्बर १ तारिखमा ‘फलो अप’ का लागि दिल्ली जाँदै छन् ।

कोषले हालसम्म करिब ७० लाख आर्थिक सहयोग वितरण गरिसकेको र कोषमा १ करोड ५० लाख रुपैयाँ रहेको अध्यक्ष श्रेष्ठले जनाएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey