बलुन डी योर अवार्डका लागि मेस्सी, लेवान्दोस्की र जोर्गिन्हो प्रतिस्पर्धामा, कसले मार्लान बाजी ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-१३
  • |
  • 1299 पटक हेरिएको

हाइलाइट्स

  • फुटबलको प्रतिष्ठित अवार्ड बलुन डी योरको विजेताको टुंगो आज राति (सोमबार) लाग्ने भएको छ । 

फुटबलको प्रतिष्ठित अवार्ड बलुन डी योरको विजेताको टुंगो आज राति (सोमबार) लाग्ने भएको छ । जसका लागि लियोनल मेस्सी, रोबर्ट लेवान्दोस्की र जोर्गिन्होविच प्रतिस्पर्धा हुने भएको छ । 

सन् २०२१ मा अर्जेन्टिनालाई कोपा अमेरीकाको उपाधि जितेका मेस्सी यो पटकको बलुन डी योरका प्रबल दावेदारका रुपमा हेरिएको छ । क्लव स्तरमा प्रभावशाली प्रदर्शन गरेपनि टिमका हिसावले बार्सिलोना ला लिगामा तेस्रो स्थानमा रहेको थियो । 

तर मेस्सीले कोपा डेल रेको फाइनलमा बार्सिलोनाका लागि गोल गरेका थिए । उनी ला लिगाको सर्वाधिक गोलकर्ता बनेका थिए । यो सिजनमा उनी पीएसजीमा अनुबन्ध भएका थिए ।

मेस्सीको प्रतिस्पर्धामा रहेका अर्का खेलालडी हुन रोबर्ट लेवान्दोस्की । गत बर्ष कोभिडका कारण यो अवार्ड रद्द नभएको भए उनी प्रमुख हकदार थिए ।

उनले अघिल्लो बर्ष फिफाको उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए । बार्यनका स्ट्राइकर लेवान्दोस्की यो पटकपनि बलुन डी योरको हकदारको सूचीमा शिर्ष तीनमा अटाएका छन । 

यस्तै यो पटक मेस्सी र लेवान्दोस्कीलाई प्रतिस्पर्धा दिइरहेका अर्का खेलाडी हुन, चेल्सीका जोर्गिन्हो ।

उनले क्लव स्तरमा चेल्सीबाट च्याम्पियन्स लिग जितेका थिए भने इटालीले युरो कप जित्दा उनी प्रमुख खेलाडी थिए । उनी पनि यो पटक बलुन डी योर जित्ने आशामा छन । 

यस्तै महिला तर्फ बार्सिलोनाका एलेक्सिया पुटेलास, आर्सनलका भिभिनी दावेदारका रुपमा छन । पेरिसमा हुने यो अवार्ड नेपाली समय अनुसार राती सवा एक बजेबाट सुरु हुनेछ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal