युनाइटेडकाे अन्तरिम प्रशिक्षकमा राल्फ

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-१३
  • |
  • 816 पटक हेरिएको

इंग्लिस क्लव म्यानचेस्टर युनाइटेडले यो सिजनको अन्तिमसम्ममा राल्फ रांगनिकलाई अन्तरीम प्रशिक्षकमा नियुक्त गरेको छ ।

युनाइटेडले मुख्य प्रशिक्षक ओले गुनरलाई बर्खास्त गरेको ८ दिनपछि अन्तरीम प्रशिक्षकमा राल्फलाई नियुक्त गरेको हो । अब उनले यो सिजन सकिँदासम्म टिमको प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन । 

युनाइटेडले ओले गुनरलाई बर्खास्त गरेपछि नयाँ प्रशिक्षकको खोजिमा रहेको थियो । तर अब भने उसले प्रशिक्षक खोजिमा केहि समय लिएर मात्र गर्ने देखिएको छ । 

युनाइटेडले विज्ञेप्ती जारी गर्दै राल्फलाई अन्तरीम प्रशिक्षक नियुक्त गर्न पाउँदा खुसी लागेको बताएको छ । यसका साथै राल्फले क्लवसँग सल्लाहकारका रुपमा अरु दुई बर्ष बस्ने सहमति पनि जनाएका छन । 

पछिल्लो पटक युनाइटेडको मुख्य प्रशिक्षकमा जिनेदिन जिदानको चर्चा भएपनि उनले नआउने बताइसकेका छन । पछिल्लो पटक पेरिस सेन्ट जर्मेइन प्रशिक्षक माउरिसियो पोचेटिनाको नामपनि जोडिएको छ । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey