टंकलाल घिसिङ बने राखेपको सदस्यसचिव

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-१३
  • |
  • 1053 पटक हेरिएको

रग्वी संघका अध्यक्ष टंकलाल घिसिङ राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव बनेका छन् । 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले तीन प्रतिस्पिर्धीमध्येबाट घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

माओवादी शसस्त्र कालदेखी नै पार्टिमा काम गर्दै आएका टंकलाल घिसिङ माओवादी केन्द्रको बागमती प्रदेश कमिटिका सदस्य पनि हुन ।

यसका साथै उनी रग्बी संघको अध्यक्षका रुपमा रहेका छन्। उनी एसियन रग्बी महासंघको कार्यसमितिमा निर्वाचित भएकाले पनि उनी खेलकुद बुझेका ब्यक्तिका रुपमा समेत परिचित छन्।

त्यस्तै उनले हितबहादर तामाङ मन्त्री हुँदा स्वकिय सचिवको रुपमा काम गरेकाले उनी ब्यवस्थापकिय क्षमतामा पनि अब्बल भएको दाबि एकथरिले गर्ने गरेका छन्।

युवा तथा खेलकुद मन्त्रालयले १८ जनाले आवेदन दिएपनि तीन जना कार्यपत्र प्रस्तुतीमा उपस्थित भएका थिएनन् । मन्त्रालयले गठन गरेको सहसचिव कमलप्रसाद पोखरेलको छनोट समितीले तीन जनाको नाम क्याबिनेटमा पठाएको थियो । 

जसमा घिसिङसगै अच्युत लामिछाने र ममता श्रेष्ठको नाम पठाइएको थियो । क्याविनेटमा घिसिङको नाम गएपछि उनी नै सदस्य सचिव हुने निश्चित जस्तै भएको थियो । 

यता बर्खास्तीमा परेका पूर्व सदस्य सचिव रमेश सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन । उनको त्यो रिटमा अदालतले फैसला गर्न बाँकी रहेको छ । उनको सो रिटका विषयमा १६ गते पेसी परेको बताइएको छ । 

यदि सर्वोच्च अदालतले सिलवाललाई अन्तरीम आदेश दिएको खण्डमा सदस्यसचिवको यो घटनाले नयाँ मोड लिने भएको छ । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey