कुवेतद्वारा नेपालसामू २८ रनको लक्ष्य पेश

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-०९
  • |
  • 614 पटक हेरिएको

आइसीसी महिला ट्वान्टी-२० विश्वकप अन्तर्गत जारी खेलमा कुवेतले नेपालसामू २८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । 

टस जितेर ब्याटिङ गरेको कुवेतले १५.४ ओभरमा अलआउट हुनुअघि २७ रनको योगफल खडा गरेको थियो ।

कप्तान रुबिना क्षेत्री र संगीता राइले ३-३ विकेट लिएपछि कुवेतका ब्याटररु लामो समयसम्म क्रिजमा रहन सकेनन् । 

रुविनाले ३ ओभरमा ३ रन खर्चेर ३ विकेट लिइन् । संगीताले २.४ ओभरमा २ रन खर्चेर ३ विकेट लिए । करुणा भण्डारी र सरस्वती चौधरीले १-१ विकेट लिए । 

कुवेतकी ओपनर प्रियादा मुरली९१००ले मात्र दोहोरो अंकको रन बनाउन सकिन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey