लिभरपुलले अफ्रिकन कप अफ नेशन्सको मिती सार्नका लागि प्रस्ताव गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०७-०५
  • |
  • 519 पटक हेरिएको

हाइलाइट्स

  • उसका दुई स्ट्राइकर साडियो माने र मोहम्मद सलाह यो प्रतियोगिताका लागि जाने भएकाले क्लवलाई संकट हुने भन्दै प्रतियोगिताको मिती नै सार्न प्रस्ताव गर्ने भएको छ । 

प्रिमियर लिग क्लव लिभरपुलले अफ्रिकन कप अफ नेशन्सको मिती सार्नका लागि प्रस्ताव गर्ने भएको छ ।

उसका दुई स्ट्राइकर साडियो माने र मोहम्मद सलाह यो प्रतियोगिताका लागि जाने भएकाले क्लवलाई संकट हुने भन्दै प्रतियोगिताको मिती नै सार्न प्रस्ताव गर्ने भएको छ । 

पछिल्लो पटक लिभरपुलमा खेलाडीको चोटले दबाब बढिरहेका बेला अफ्रिकन कप अफ नेशन्समा दुई मुख्य खेलाडी नहुने भएकाले झन दबाव बढ्ने भन्दै प्रतियोगिताको मिती नै पछाडी सार्नका लागि अनुरोध गर्ने बताएको छ । 

अफ्रिकन फुटबल महासंघले यो प्रतियोगिता जनवरी नै देखि फ्रेब्रेवरी ६ सम्मका लागि तय गरेको छ । कोभिडका कारण अघिल्लो बर्ष स्थगित भएको प्रतियोगिता २०२२ का लागि सारेको हो । 

फिफाको नयाँ नियम अनुसार प्रतियोगितामा छनोट भएका देशलाई कुनैपनि क्लवले रिलिज नगर्नका लागि अनुरोध गर्नपाउनेछन ।

यहि समयमा प्रिमियर लिगमा बक्सिङ डे का खेलहरु हुनेछन । त्यो बेला प्रिमियर लिगमा ८ वटा खेल हुने तालिका छन । जसमा चार प्रिमियर लिग, दुई एफ ए कप र दुई काराबाओ कपका खेल छन । 

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले इजिप्ट र सेनगेलको एफ एसँगको सम्बन्ध राम्रो भएको यो आग्रह गर्ने बताइएको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey