नेपाल, युएई र केन्या एक पटक मात्रै टी २० विश्वकप खेल्ने देश

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०७-०५
  • |
  • 4212 पटक हेरिएको

विश्व क्रिकेटमा टी २० फर्म्याटको सर्बाधिक ठूलो प्रतियोगिता आईसीसी टी २० विश्वकप क्रिकेट हो । अहिले टी २० विश्वकपको सातौं संस्करण ओमान र युएईमा जारी छ ।

सन् २००७ मा पहिलो टी २० विश्वकपपछि लगातार २०१६ सम्म लगातार प्रतियोगिता आयोजना हुँदै आएको थियो । तर अहिले ५ बर्षपछि टी २० विश्वकप आयोजना भएको छ ।

यो संस्करणमा पपुवा न्युगिनी र नामिबियाले पहिलो पटक यो टुर्नामेन्ट खेल्ने अवसर पाए । एशोसिएट देशको कुरा गर्ने हो भने आयरल्याण्ड, नेदरल्याण्ड टी २० विश्वकप नियमित खेल्ने टिममा पर्छन् ।

यस्तै नेपाल भने अहिलेसम्म एक पटक मात्रै टी २० विश्वकप खेल्ने देशको सूचीमा पर्छ । आज हामीले नेपालसहित अरु दुई टिमको बारेमा जानकारी दिन्छौं ।

नेपाल (२०१४)
एशियाका विभिन्न देशहरुले आईसीसी विश्वकपमा स्थान बनाइरहेका हुन्छन् । यस्तैमा नेपालले सन् २०१४ को टी २० विश्वकपमा क्वालीफाइ गरेको थियो ।

क्वालीफायिङ राउण्डमा  ३ मध्य २ खेल जितेको थियो । नेपालले बंगलादेशसँग अंक बराबर गरे पनि नेट रनरेटका आधारमा सुपर १० मा स्थान बनाउन असफल रह्यो ।


युएई (२०१४)

यूएई क्रिकेट टीम
आईसीसी टी २० विश्वकपको सातौं संस्करण युएईमा भइरहेको छ ।

तर युएईकै टिम यो प्रतियोगितामा छैन् । युएईले अहिलेसम्म टी २० विश्वकपमा एक पटक क्वालीफाई गरेको छ । सन् २०१४ मा समूह चरणका तीन खेल नै पराजित भएपछि सुपर १० मा स्थान बनाउन असफल रह्यो । 

केन्या (२००७)

केन्या क्रिकेट टीमकेन्याले सन् २००३ को एक दिवसीय विश्वकप क्रिकेटमा सेमिफाइनलसम्म पु¥याएको थियो । तर अहिले केन्याको क्रिकेट खस्कदै गएको छ । सन् २००७ को पहिलो टी २० विश्वकपमा क्वालीफाई गरे पनि त्यसयताका संस्करणमा केन्याको टिम छैन् । उक्त विश्वकपमा समूह चरणबाटै आउट भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey