Mega Bank

समूह विजेता बन्दै स्कटल्याण्ड विश्वकपको सुपर १२ मा 

Kelme Nepal
  • एजेन्सी
  • |
  • २०७८-०७-०५
  • |
  • 206 पटक हेरिएको

आईसीसी विश्वकप क्रिकेटमा स्कटल्याण्ड समूह बिजेता बन्दै सुपरा १२ मा प्रवेश गरेको छ ।

गयराति भएको खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्याण्ड समूह विजेता बनेको हो ।

योसँगै टेस्ट नेशन्स बंगलादेश भने उप विजेताको रुपमा सुपर १२ मा प्रवेश गर्न सफल भयो ।

स्कटल्याण्डले शतप्रतिशत जितका साथ ६ अंक जोड्दा एक खेलमा पराजित भएको बंगलादेश ४ अंकका साथ दोस्रो स्थानमा रहेको थियो ।

गयराति घरेलु टोली ओमानले दिएको १२३ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८ बल बाँकी छँदै मात्र २ विकेट गुमाएर पुरा गरेको थियो ।

टोलीलाई ८ विकेटको जित दिलाउँदा रिचे बेरिङटन ३१ तथा म्याथ्यू क्रस २६ रनमा नटआउट रहे ।

कप्तान केइल कोट्जरले ४१ तथा जर्ज मुन्सेले २० रन बनाए । ओमानका खवार अली र फयाज बटले समान एक एक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको ओमानका लागि अकिब इलियसले सर्वाधिक ३७ रन बनाउँदा कप्तान जिसन मक्सुदले ३४ तथा मोहमद नदिमले २५ रनको योगदान गरे ।

अन्य कुनै पनि ब्याटरले दोहारो अंकमा रहन बनाउन सकेनन् । स्कटल्याण्डका जोस डेभेले ३ विकेट लिँदा सफियन सारिफ र मिचेल लेस्कले समान दुई दुई विकेट लिए । 

भर्खरै

Advertisement