टी-२० विश्वकपमा ओमानको सानदार सुरुवात, पीएनजी १० विकेटले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०७-०१
  • |
  • 658 पटक हेरिएको

हाइलाइट्स

  • उसले सुपर १२ को छनोट खेलमा पपुवा न्युगिनीमाथि १० विकेटको जित निकाल्न सफल भयो । 

आइसीसी टी २० विश्वकपमा ओमानले जितका साथ प्रतियोगिता सुरु गरेको छ । उसले सुपर १२ को छनोट खेलमा पपुवा न्युगिनीमाथि १० विकेटको जित निकाल्न सफल भयो । 

ओमान स्थित अल अमारत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएका पीएनजीले २० ओभर नौ विकेट गुमाउँदै एक सय २९ रन बनायो ।

खराव सुरुवात गरेको पीएनजीले खाता खोल्न नपाउँदै दुई विकेट गुमाएको थियो । 

तेस्रो विकेटका लागि चाल्र्स अमिनी र कप्तान असाद भालाले ८१ रनको साझेदारी गरे । जसमा अमिनीले ३७ रनको योगदान गरे भने सेसे बाउले १३ रन बनाए ।

यस्तै भालाले ५६ रनको योगदान गरे । तर त्यसपछि अरु खेलाडीले दरिलो ब्याटिङ गर्न सकेनन् । बलिङमा विलाल खान र कलिमुल्लाहले दुई दुई विकेट लिए । 

जवाफमा घरेलु मैदानमा ओमानले १३ ओभर चार बलमा विना विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । पछिल्लो पटक निकै खराव लयमा देखिएको पीएनजी ओमानविरुद्ध पनि बलिङमा कमजोर नै बन्यो । 

ओमानविरुद्ध सहज जित निकाल्ने क्रममा उसका दुबै ओपनर अर्धशतक बनाए । जसमा जतिन्दर सिंहले टी २० विश्वकपमा पहिलो अर्धशतक बनाउँदा ७३ रनको पारी खेले ।

जसमा उनले ४२ बलमा सात चौका र चार छक्का प्रहार गरे । यस्तै अकिब लियासले पनि ५० रनको अर्धशतकीय पारी खेले । उनले ४३ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । यो जितपछि ओमानले तालिकामा दुई अंक जोडेको छ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal