एम्बाप्पेले छोडेमा पीएसजीले हालान्ड वा लेवान्दोस्की ल्याउने योजना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०७-०१
  • |
  • 923 पटक हेरिएको

हाइलाइट्स

  • २२ बर्षे एम्बाप्पे पछिल्लो पटक रियल मड्रिड जाने चर्चा चलिरहेको छ । पीएसजीसँग उनको सम्झौता अर्को सिजनपछि सकिदैछ । तर अब पीएसजीले उनको स्थानमा विकल्प खोज्न सुरु गरेको छ । 

युवा स्ट्राइकर केलियन एम्बाप्पेले अर्को बर्ष पेरिस सेन्ट जर्मेन छोडेको खण्डमा क्लवले उनको स्थानमा इरलिङ हालान्ड वा रोबर्ट लेवान्दोस्की ल्याउने योजना बनाएको छ । 

२२ बर्षे एम्बाप्पे पछिल्लो पटक रियल मड्रिड जाने चर्चा चलिरहेको छ । पीएसजीसँग उनको सम्झौता अर्को सिजनपछि सकिदैछ । तर अब पीएसजीले उनको स्थानमा विकल्प खोज्न सुरु गरेको छ । 

यस्तैमा पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दोले हालान्डका लागि बोरुसिया डर्टमुण्डसँग कुरा अगाडी बढाएको जनाएको छ । यदि हालान्डलाई भित्र्याउने संभावना नभएको खण्डमा पीएसजीले लेवान्दोस्कीलाई प्रस्ताव गर्ने भएको छ । 

पीएसजीका लागि २१ बर्षे हालान्ड लामो समयका लागि विकल्प हुनसक्ने भएकाले क्लवले उनलाई अनुबन्ध गर्न पहिलो प्राथमिकता दिने भएको छ । 

हालान्डले बोरुसिया विरुद्ध ६८ खेलमा ७० गोल गरेका छन । यता लेवान्दोस्कीले यो सिजनमा पनि आफ्नो फर्मलाई जारी राखेका छन ।

उनले यो सिजनमा अहिलेसम्म १० खेलमा १३ गोल गरेका छन । यदि पीएसजीले हालान्ड वा लेवान्दोस्की मध्ये एकलाई ल्याएको खण्डमा लियोनल मेस्सी, नेयमार र नयाँ आउने स्ट्राइकरको कम्बिनेसन डरलाग्ने हुने अनुमान गर्न सकिन्छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey