आइपीएलकाे उपाधिका लागि चेन्नेई र काेलकाता भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-२७
  • |
  • 915 पटक हेरिएको

हाइलाइट्स

  • दोस्रो क्वालिफायरमा काेलकाताले दिल्ली क्यापिटल्सलाई तीन  विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

ईन्डियन प्रिमियर लिगको उपाधिका लागि चेन्नेई सुपर किङ्ग्स र काेलकाता नाइट राइडर्सविच प्रतिस्पर्धा हुने भएकाे छ । 

बुधबार राति भएको दोस्रो क्वालिफायरमा काेलकाताले दिल्ली क्यापिटल्सलाई तीन  विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर एक सय ३५ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले ३६ रन जोड्दा श्रेयस एयरले अविजित ३० रनकाे याेगदान गरे । यस्तै पृथ्वी श र मार्कुस स्टोनिसले समान १८-१८ रन बनाए । 

कोलकाताका वरुण चक्रवर्तीले २ विकेट लिए भने लकी फर्गुसन र शिबम माभीले १-१ विकेट लिए ।

जवाफमा कोलकाताले १९ ओभर ५ बलमा ७  विकेट गुमाएर पूरा गर्यो । कोलकाताको जितमा भेन्कातेस एयरले ५५ रन बनाए भने सुबमन गिलले ४६ रन तथा नितिश रानाले १३ रन बनाए ।

दिल्लीका कागिसो राबडा, एन्रिच नोर्किया र रविचन्द्र आश्विनले २-२ विकेट लिए ।

अब उपाधिका लागि कोलकाताले चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल शुक्रबार दुबईमा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey