ग्वार्डिओलालाई बार्सिलोना फर्काउने कसरतमा लपोर्टा

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०६-०७
  • |
  • 1092 पटक हेरिएको

हाइलाइट्स

पेपले २०१२ मा बार्यन म्युनिखमा जानुअघि बार्सिलोनामा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

स्पेनिस क्लब बार्सिलोनाले पूर्व प्रशिक्षक पेप ग्वार्डिओलालाई  क्लबमा फर्काउने योजना बनाएको बताइएको छ ।

एजेन्सीका अनुसार क्लबका अध्यक्ष जोअन लपोर्टाले रोनाल्ड कोम्यानको विकल्पमा ग्वार्डिओलालाई ल्याउन सक्दो प्रयास गर्ने बताएका छन् । 

पेप र म्यानचेस्टर सिटीबिचको सम्झौता सकिन अझै दुई वर्ष बाँकी रहेको छ । तर दर्शकको उपस्थितीबारे हालै दिएको एक अभिव्यक्तिका कारण पेप विवादमा रहेका छन् ।

समस्याले ठुलो रुप लिएको खण्डमा बार्सिलोनाले मौकाको सदुपयोग गर्दै पेपलाई प्रस्ताव राख्ने योजना बनाएको बताइएको छ । 

पेपले २०१२ मा बार्यन म्युनिखमा जानुअघि बार्सिलोनामा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

२००८ देखी २०१२ सम्मको समयमा पेपको प्रशिक्षणमा बार्सिलोना उत्कृष्ट क्लबको रुपमा रहेको थियो ।

पेपले उक्त समय बार्सिलोनाको साथमा ३ ला लिगा, २ च्याम्पियन्स लिग र २ कोपा डेल रे को उपाधि जितेका थिए । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal