इटहरीमा महिला क्रिकेट खेलाडीकाे प्रशिक्षण सुरू

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०७
  • |
  • 1176 पटक हेरिएको

हाइलाइट्स

  • नेपाल क्रिकेट संघ (क्यान) को आयोजना र क्रिकेट एशोसिएसन अफ सुनसरीको व्यवस्थापनमा इटहरीको क्षेत्रीय रंगशालामा सुरु प्रशिक्षण एक सातासम्म चल्ने राष्ट्रिय क्रिकेट महिला टिमका प्रशिक्षक जगतबहादुर टमाटाले बताए ।

आईसीसी महिला विश्वकप २०२२ का लागि एसिया छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षण इटहरीमा सुरु भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) को आयोजना र क्रिकेट एशोसिएसन अफ सुनसरीको व्यवस्थापनमा इटहरीको क्षेत्रीय रंगशालामा सुरु प्रशिक्षण एक सातासम्म चल्ने राष्ट्रिय क्रिकेट महिला टिमका प्रशिक्षक जगतबहादुर टमाटाले बताए ।

क्यानले यस वर्ष तीन फरक स्थानमा नेपाली टिमलाई प्रशिक्षण दिँदैछ । पहिलो प्रशिक्षण महेन्द्रनगरमा असोज २ गते सम्पन्न गरेको थियो ।

इटहरीको प्रशिक्षण सकिएलगत्तै काठमाडौंमा अन्तिम प्रशिक्षण हुनेछ ।प्रशिक्षणमा प्रदेश १ बाट टोलीका क्याप्टेन रुबिना क्षेत्री, संगीता राई, काजल श्रेष्ठ, रोमाथापा, सबनम राई र अप्सरी बेगम रहेका छन् ।

यस्तै, प्रदेश २ बाट सरस्वती चौधरी, अनुराधा चौधरी र ममता चौधरी सहभागी छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal