मेस्सीलाई उडाउँदै रोनाल्डोकी आमाले भनिन् ‘रोनाल्डो जुनियर अहिले नै मेस्सीभन्दा अग्लो भइसके’

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०६-०७
  • |
  • 1398 पटक हेरिएको

हाइलाइट्स

यस्तैमा उनकी आमाले बाल्यकालको क्लब स्पोर्टिङ सिपीका लागि रोनाल्डोले फेरी एकपटक खेलेको हेर्ने आफ्नो बाँकी एउटा सपना रहेको बताएकी छिन् । 

 

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोकी आमा डोलोरेस प्रायजसो कमै बोल्न रुचाउछिन् तर फुटबल स्टारको बारेमा भने उनि समय समयमा बोल्दै आएकी छिन् ।

२०२० मा हृदयघातका कारण अस्पताल बसेर फर्किएपछि उनले एक अन्तवार्ता दिएकी छिन् ।

उक्त अन्तवार्तामा उनले २०१७ को बलुन डि योर अवार्ड समारोहमा आफ्नो नाति रोनाल्डो जुनियरले अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई भेटेको प्रसंगबारे बताएकी छिन् । 

‘म रोनाल्डो जुनियरको साथमा थिए र मैले उनलाई मेस्सीलाई देखाउँदै, हेर्न भनेका थिए’ तर जुनियरले ‘त्यो व्यक्ति मेस्सी होइनन् किनकी उनी होचो छन्’ भन्ने जवाफ दिएको डोलोरेसले बताएकी छिन् । 

‘त्यसपछि रोनाल्डोले जुनियरलाई मेस्सीतिर नहेर्न बताएका थिए, मेस्सी राम्रो मान्छे हुन्, मेरो नाती अहिले नै उनीभन्दा अग्लो भैसकेका छन्’ हाँस्दै मेस्सीमाथि मजाक गर्दै रोनाल्डोकी आमाले बताएकी छिन् । 

३६ वर्षको हुँदा पनि रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि खेलिरहेका छन् ।

यस्तैमा उनकी आमाले बाल्यकालको क्लब स्पोर्टिङ सिपीका लागि रोनाल्डोले फेरी एकपटक खेलेको हेर्ने आफ्नो बाँकी एउटा सपना रहेको बताएकी छिन् । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey