अय्यरको उत्कृष्ट कमब्याक, दिल्ली शीर्ष स्थानमा

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०६-०७
  • |
  • 1170 पटक हेरिएको

आईपीएल २०२१ को दोस्रो चरणको खेलमा दिल्ली क्यापिटल्सले सनराईजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको छ ।

यो खेलमा श्रीयस अय्यरले उत्कृष्ट कमब्याक गरेका छन् । पहिलो चरणको खेलबाट बाहिर रहेका अय्यरले आईपीएलको दोस्रो चरणमा भने फिट भएर आएका थिए । दुबई इन्टरनेशनले स्टेडियममा हैदराबादले टस जितेर पहिला ब्याटिङ गरेको थियो ।

उसले निर्धारित ओभरमा ४ किवेट गुमाउर १३४ रन बनायो । १३५ रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा २ विकेट गुमाएर पुरा गरेको यथो । यसमा दिल्लीका पूर्व कप्तान श्रीयस अय्यरले ४१ बलमा ४७ रनको नटआउट पारि खेले । यस्तै कप्तान ऋषभ पन्त ३५ रनमा नटआउट रहे । पृथ्वी शाले ९ रन बनाएर पभेलियन फर्किएका थिए । हैदराबादका लागि खलिल अहमद र राशिद खानले एक एक विकेट लिए । 

पहिला ब्याटिङ गर्दा हैदरबादका

लागि अब्दुल समदे सर्वाधिक २८ रन बनाउँदा राशिद खानले २२ रनको योगदान गरेका थिए । दिल्लीका कागिसो राबडाले तीन विकेट लिए ।

यो जितपछि दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले ९ खेलमा सातौं जित हात पारेको हो ।

दिल्लीको १४ अंक भएको छ । यो हारपछि हैदरबाद प्लेअफबाट बाहिर भएको छ । हैदरबादको अहिलेसम्म २ अंक मात्रै रहेको छ ।  

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey