क्रिकेटरद्वय यादव र बेगम एसएमको ब्राण्ड एम्बासडर

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०६
  • |
  • 1333 पटक हेरिएको

राष्ट्रिय क्रिकेटर विवेक यादव र महिला टिमकी सदस्य अप्सरी बेगम किट्स उत्पादन कम्पनी एसएमको ब्राण्ड एम्बासडर बनेका छन् ।

राजधानीमा एक कार्यक्रमकाबीच उनीहरुलाई ब्राण्ड एम्बासडर घोषणा गरिएको हो । कम्पनीको प्रबद्र्धनका लागि उनीहरु दुई जनाले भूमिका खेल्ने छन् ।

यसैगरी खेलाडीद्वय यादव र बेगमले एक बर्षसम्म प्रयोग गर्ने किट्सहरु एसएमले उपलव्ध गराउने छ । यादवले ब्राण्ड एम्बासडर बनेपछि सामाजिक सञ्जालमार्फत नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशन सिंह र विरेन्द्र चौधरीलाई धन्यावद पनि दिएका छन् । यादव प्रदेश २ का हुन् भने बेगमले प्रदेश एकबाट क्रिकेट खेल्दै आएकी छिन् । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey