शंखमूल फुटसल लिग तालिकाको दोस्रो स्थानमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०६
  • |
  • 1610 पटक हेरिएको

ए डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगितामा शंखमूल फुटसल क्लबले पहिलो पटक ३ अंक जोडेको छ । जारी लिगमा अपराजित रहेको  शंखमूल तालिकाको दोस्रो स्थानमा पनि उक्लिएको छ । उसले ३ खेलबाट ५ अंक बनाएको छ । यसअघि उसले दुवै खेल बराबरीमा टुंग्याएको थियो । आज भने संखमुलले प्रभातफेरी युथ क्लबलाई ७–४ गोल अन्तरले पराजित गरेको हो । शंखमूलको जितमा जेनिस प्रजापतिले ह्याट्रिक गर्दा मणि लामाले २ गोल थपेका थिए । यसैगरी अनिष श्रेष्ठ र सुशन श्रेष्ठले एक एक गोल गरेका थिए ।

प्रभातफेरीका लागि श्रृजेस पुरी र धिरज जोशीले दुई दुई गोल गरेका थिए । 
प्रभातफेरि केही समय ४ खेलाडीमा सिमित भएको थियो । विवेक सारु मगर दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडेका थिए । 

मणि लामाले पाँचौं मिनेटमा गोल गर्दै शंखमुललाई अग्रता दिलाएका थिए । सातौं मिनेटमा जेनिस प्रजापतिले गोल गर्दै अग्रता दोब्बर बनाए । आठौं मिनेटमा श्रृजेस पुरीले गोल गरेपछि प्रभातफेरिले अग्रता २–१ मा ल्याएको थियो । लगत्तै अर्को मिनेट नै बराबरी गर्न सफल भयो । प्रभातफेरीका लागि धिरज जोशीले गोल गरेपछि खेल २–२ को बराबरीमा आएको थियो ।

१६ औं मिनेटमा अनिष श्रेष्ठले संखमुलका लागि तेस्रो गोल गरेका थिए । १८ औं मिनेटमा मणि लामाले व्यक्तिगत दोस्रो गोल गर्दा संखमुलले पहिलो हाफमा ४–२ को अग्रता लिएको थियो । दोस्रो हाफमा शंखमूलले अरु ३ गोल थप्दा प्रभातफेरि पनि २ गोल थपेको थियो ।

२३ औं मिनेटमा सुशान श्रेष्ठले गोल गरेपछि शंखमूल ५–२ अन्तरले अघि बढ्यो । सोही समयमा धिरज जोशीले व्यक्तिगत दोस्रो गोल गर्दा प्रभातफेरी ५–३ को अवस्थामा आएको थियो । २४ औं मिनेटमा श्रृजेस पुरीले गोल गरेपछि प्रभातफेरि ५–४ को अवस्थामा ल्याएको थियो । २९ औं र ३४ औं मिनेटमा जेनिस प्रजापतिले गोल गर्दै ह्याट्रिक पूरा गर्दा शंखमूल ७–४ गोल अन्तरको फराकिलो जित दर्ता गर्न सफल भयो । त्यसअघि ३३ औं मिनेटमा प्रभातफेरीका विवके सारु मगर दोहोरो पहेँलो कार्डका कारण मैदान छाडेका थिए । ३४  औं मिनेटमा गोल भए पछि प्रभातफेरीका ५ खेलाडी खेलेका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal