Mega Bank

स्यान्सु क्याम्प बाहिर, बिष्ट पहिलो पटक यू-२३ को प्रशिक्षणमा

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०६-०६
  • |
  • 327 पटक हेरिएको

हाइलाइट्स

  • म्यान्चेष्टर युनाइटेड समर्थकको टोली एमयुएफसी विजय चोक युथ क्लवका स्ट्राइकर संजिव विष्टलाई बन्द प्रशिक्षणमा समावेश गरेका छन् ।

आसन्न यू २३ एसियन कप छनोटका लागि नेपाली टिमको बन्द प्रशिक्षणमा बोलाएका केहि खेलाडी परिवर्तन भएका छन्। प्रशिक्षक बालगोपाल महर्जनले पहिलो चरणमा ४८ खेलाडी बोलाएकोमा त्यसमा केहि परिवर्तन गरेको छ । 

क्याम्पमा पहिलो चरणमा बोलाएका खेलाडीको सूचीमा केहि खेलाडी चोटग्रस्त देखिएपछि प्रशिक्षक बालगोपालले केहि खेलाडीलाई थपेका छन् । 

सिनियर टिमबाट खेलिसकेका एरिक विष्ट चोटग्रस्त भएका छन भने स्यान्सु भुसालले १९ बर्ष मुनीका रहेकाले कोभिडको खोप लगाउन नपाएकाले पनि उनी क्याम्पमा हुने छैनन् ।

प्रशिक्षक बालगोपालले सी डिभिजन छनोट खेलेका  म्यान्चेष्टर युनाइटेड समर्थकको टोली एमयुएफसी विजय चोक युथ क्लवका स्ट्राइकर संजिव विष्टलाई बन्द प्रशिक्षणमा समावेश गरेका छन् ।

विष्टकै प्रदर्शनमा विजय चोक युथ क्लव सी डिभिजन छनोटको दोस्रो चरणमा पुगेको हो । 

यू २३ एसियन कप छनोटमा नेपाल समुह बी मा रहेको छ । जसमा नेपालले इराक, लेबनान, ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । यो प्रतियोगिता अक्टोबर २३ देखि ३१ सम्म हुनेछ ।

भर्खरै

Advertisement