ए डिभिजन राष्ट्रिय फुटसल लिगमा राईजिङ धरान अपराजित 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०६
  • |
  • 816 पटक हेरिएको

पोखरामा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगितामा ‘द राईजिङ क्लब धरान’ले अपराजित यात्रा कायमै राखेको छ ।

लगातार तीन खेलमा विजयी भएको राईजिङ क्लब ९ अंकसहित शीर्ष स्थानमा रहेको छ । उता झरना स्पोर्टस क्बल भने लगातार तेस्रो खेलमा पराजय भोग्न बाध्य बन्यो ।

पोखरामा रहेको बहुउद्देश्यिक कर्भडहलमा भएको खेलमा राईजिङले झरना स्पोर्टस क्लबलाई ५–३ गोल अन्तरले पराजित गरेको हो ।

राईजिङका लागि मिलन राईले २ गोल गर्दा रेवस मास्के, विकु तामाङ र मिलन लिम्बूले एक एक गोल गरेको थिए । झरनाका लागि मोहनबहादुर थापामगर, ओमप्रकाश थापा र विवेक थापाले एक एक गोल फर्काए पनि हार टार्न पर्याप्त बनेन् ।

राईजिङका लागि मिलन राईले नवौं मिनेटमा गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । ११ औं मिनेटमा झरनाका मोहनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

No description available.

 पहिलो हाफ दुवै टिमले एक एक गोलको बराबरी खेलेका थिए । २२ औं मिनेटमा रेवस मास्केले गोल गरेपछि राईजिङले अग्रता २–१ बनाएको थियो । २६ औं मिनेटमा बिकु तामाङले राईजिङका लागि तेस्रो गोल गरेका थिए । 

२७ औं मिनेटमा ओमप्रकाश थापाले झरनाका लागि गोल गर्दै अग्रता ३–२ मा ल्याए । २८ औं र २९ औं मिनेटमा राईजिङले लगातार २ गोल थपेको थियो । 

उसका लागि मिलन लिम्बूले चौथो गोल गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey