पारसले नखेल्ने भएपछि इपीएलमा बिराटनगरको कप्तानी कसले गर्ला ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०६
  • |
  • 988 पटक हेरिएको

हाइलाइट्स

  • पारसले इपीएल नखेल्ने भएपछि बिराटनगर वारियर्सको कप्तानको जिम्मेवारी कसले पाउँछ भन्ने प्रश्न खडा भएको छ । 

नेपाली क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काले शनिबारबाट सुरु हुने एभरेष्ट प्रिमियर लिग नखेल्ने भएका छन । पारसले इपीएल नखेल्ने भएपछि बिराटनगर वारियर्सको कप्तानको जिम्मेवारी कसले पाउँछ भन्ने प्रश्न खडा भएको छ । 

शनिबारबाट सुरु हुने इपीइलमा यसअघि टिमको मुख्य खेलाडी तथा कप्तान पारसले नखेल्ने भएपछि टिमको कप्तानको जिम्मा करण केसी वा कुनै विदेशी खेलाडीलाई दिनसक्ने संभावना रहेको छ । 

राष्ट्रिय टिमका खेलाडी करणले बिराटनगरको जिम्मेवारी पाउने संभावना छ भने चार जना विदेशी खेलाडीमा एक जनालाई उक्त जिम्मेवारीपनि दिनसक्नेछ । 

इपीएलको टिममा करण केसी बाहेक, आशिफ शेख, सुनील कुमार शाह, सन्दिप रजाइली, सौरभ खनाल, सुनिम महर्जन, हरिबहादुर चौहान, सोनु देबकोटा, प्रतिश जिसी, रामनरेश गिरी, अनिल खरेल, अर्जुन चुनारा, सन्तोष यादव छन । 

यस्तै चार जना विदेशी खेलाडीमा अनुभवी सिकन्दर राजा, रायन पठान, चन्द्रपउल हेमराज, दिल्सान मुनाविरा रहेका छन । 

इपीएलमा बिराटनगरले आफ्नो पहिलो खेल चितवन टाइगर्सविरुद्ध आइतबार खेल्नेछ । त्यसपछि दोस्रो खेल उसको काठमाडौं किंग्ससँग सोमबार रहेको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey