जाभी बार्सिलोना फर्कनेबारे इनिइस्टाले गरे यस्तो खुलासा

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०६-०६
  • |
  • 996 पटक हेरिएको

हाइलाइट्स

हाल भिजेल कोबीका लागि खेल्दै आएका इनिइस्टाले बार्सिलोना फर्कने आफ्नो चहाना रहेको पनि प्रस्ट पारेका छन् । 

बार्सिलोनामा प्रशिक्षक रोनाल्ड कोम्यान बर्खास्तीको सँघारमा रहेका छन् ।

बार्सिलोनाले यस सिजन ला लिगामा राम्रो प्रदर्शन गरे पनि च्याम्पियन्स लिगमा बार्यनसँग पराजित भएपछि कोम्यान बर्खास्तीमा पर्न सक्ने बताइएको छ । 

यस्तैमा बार्सिलोनाका पूर्व लिजेण्ड खेलाडी आन्द्रेस इनिइस्टाले आफ्नो समकालिन टिममेट्स तथा क्लबका लिजेण्ड खेलाडी जाभी बार्सिलोनामा प्रशिक्षकको भुमिकामा फर्कनका लागि तयारी गरिरहेको बताएका छन् । 

‘मलाई लाग्छ जाभी बार्सिलोना आउनेबारे सोचिरहेका छन्, उनी चुनौतीलाई लिन चहान्छन्’ इनिइस्टाले जाभीबारे सोधेको प्रश्नमा जवाफ फर्काएका छन् । 

हाल भिजेल कोबीका लागि खेल्दै आएका इनिइस्टाले बार्सिलोना फर्कने आफ्नो चहाना रहेको पनि प्रस्ट पारेका छन् । 

‘म बार्सिलोना फर्कन रुचाउँछु, निकट भविष्यमा सायद म पनि प्रशिक्षकको भुमिकामा देखिनेछु, हेरौं कति सम्भाव्यता देखिनेछ’ इनिइस्टाले भनेका छन् । 

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal