रुक्मशमशेर राणाको स्मृतिमा ओलम्पिक कमिटीमा शोक सभा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०६
  • |
  • 1017 पटक हेरिएको

काठमाडौं– नेपाल ओलम्पिक कमिटीले आफ्ना पूर्व अध्यक्ष तथा मानार्थ अध्यक्ष रुक्म शमशेर राणाको स्मृतिमा बुधबार शोक सभाको आयोजना गरेको छ । राणाको निधन भएको १३ औं पूण्य तिथिका अवसरमा कमिटीले सातदोबाटो श्रद्धान्जली कार्यक्रम गरेको हो । राणाको भदौ २५ मा निधन भएको थियो ।

उनी सन् १९९८ देखि २००७ सम्म कमिटीको अध्यक्ष भएका थिए । उनले राष्ट्रिय खेलकुद परिषद, फुटबल, तेक्वान्दो, एथलेटिक्स र स्कि संघका नेतृत्व पनि सम्हालेका थिए । शोक सभा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली ओलम्पिक आन्दोलनमा राणाको ठूलो योगदान रहेको उल्लेख गर्दै नेपाली खेलकुदमा ओलम्पिक आन्दोलनको मान्यता स्थापित गर्ने श्रेय उनीलाई जानु पर्ने बताए ।

श्रेष्ठले भने, ‘नेपाली ओलम्पिक आन्दोलन यहा“सम्म आइपुग्नुमा सबैभन्दा ठूलो योगदान राणाकै छ ।’ कमिटीमा सल्लाहकार तथा पूर्व मन्त्री शरतसिंह भण्डारी राणा नेपाली खेलकुदको असल अभिवावक रहेको बताए । यस्तै परिवारको प्रतिनिधित्व गर्दै अनिलकेशरी शाहले नेपाली खेलकुद र खेलाडीप्रति राणाको असाध्यै माया रहेको बताए ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले नेपाली तेक्वान्दोको विकासमा उनी अतुलनीय योगदान रहेको बताए । यस्तै कमिटीका महासचिव निलेन्द्र श्रेष्ठले दिवंगत राणा नेपालमा विवादरहित खेलकुद चाहनु हुने बताए । उनले भने, ‘नेपाली खेलकुद एकजुट भएर अगाडि बढ्छ भने त्यो नै राणाप्रति सच्चा श्रद्धान्जली हुनेछ ।’

कार्यक्रमका अवसरमा राणाको परिवारका सदस्यको उपस्थिति थियो । यस्तै कमिटीका प्रमुख पदाधिकारी, विभिन्न कमिटीका अध्यक्ष, खेल संघका अध्यक्ष र सदस्यको कार्यक्रममा उपस्थिति थियो । कार्यक्रमको सुरुमा दिवंगत राणाको सम्झनामा एक मिनेट मौन धारण पनि राखिएको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal