मर्नुअघि रोनाल्डोले बाँकि एउटा सपना पुरा गरिदिएको हेर्न चहान्छिन् उनकी आमा !

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०६-०६
  • |
  • 2091 पटक हेरिएको

हाइलाइट्स

रोनाल्डोले २००३ मा सर एलेक्स फर्गुसनले म्यानचेस्टर युनाइटेडमा ल्याउनुअघि स्पोर्टिङका लागि खेल्दै आएका थिए ।

पोर्चुगिज स्टार क्रिस्टियनो रोनाल्डोकी आमा मारिया डोलोरेसले रोनाल्डोको बाल्यकालको क्लब तथा आफ्नो समर्थन रहेको पोर्चुगिज क्लब स्पोर्टिङ सिपीमा रोनाल्डोले फेरी एकपटक खेलेको हेर्ने आफ्नो सपना रहेको बताएकी छिन् । 

रोनाल्डोको उमेरमा उनका छोरा रोनाल्डो जुनियर झनै सफल हुने बताउँदै डोलोरेसले रोनाल्डोले नसके उनको छोराले आफ्नो सपना पुरा गर्नेमा ढुक्क रहेको बताएकी छिन् । 

‘रोनाल्डो एकपटक स्पोर्टिङमा फर्कनैपर्छ, मेरो लागि उनी यहाँ हुनुपथ्र्यो, मैले उनलाई म मर्नुभन्दा अघि एकपटक स्पेर्टिङको जर्सिमा देख्न चहान्छु भनेकी छु’ रोनाल्डोकी आमाले भनेकी छिन् । 

‘हेरौं तर यदि उनी फर्केनन् भने उनको छोरा जुनियरले रोनाल्डोको उमेरमा उत्कृष्ट खेल्नेछन्, त्यो समयमा क्रिस्टियानोको प्रशिक्षक थिएन तर अहिले रोनाल्डो आफैले छोरालाई सिकाइरहेका छन्’ जुनियरबारे उनले भनेकी छिन् ।

रिपोर्टका अनुसार रोनाल्डोकी आमाले रोनाल्डोलाई स्पोर्टिङ सिपीमा फर्किएको देख्न चहान्थिन् तर रोनाल्डोले भने म्यानचेस्टर युनाइटेड जाने निर्णय लिएका थिए ।

रोनाल्डोले २००३ मा सर एलेक्स फर्गुसनले म्यानचेस्टर युनाइटेडमा ल्याउनुअघि स्पोर्टिङका लागि खेल्दै आएका थिए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey