नेपालले ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्ने 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०५
  • |
  • 1969 पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण प्रतियोगिता खेल्ने भएको छ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपका लागि वैदेशिक प्रशिक्षणमा रहेको नेपाली टिमले कतारमै ओमानसँग मैत्रीपूर्ण प्रतियोगिता खेल्ने भएको हो ।

ANFA | Nepal to play friendly against Oman in Qatar

आगामी आइतबार कतार युनिभर्सिटी मैदानमा ओमानसँग खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । साफ च्याम्पियनसिपको तयारीका लागि काठमाडौंमा भारतसँग दुई वटा मैत्रीपूर्ण फुटबल म्याच खेलेर नेपाली टोली कतार प्रस्थान गरेको थियो ।

कतारमा अहिले स्थानीय क्लबहरुसँग प्रतिस्पर्धा गर्नुका साथै नियमित अभ्यास पनि गर्दै आएको छ । ओमानसँगको मैत्रीपूर्ण फुटबल खेलेपछि नेपाली टिम उतैबाट माल्दिभ्स प्रस्थान गर्ने छ । साफ च्याम्पियनसिपमा नेपालले आयोजक राष्ट्र माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुआत गर्ने छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey