ईपीएलमा दर्शक प्रवेशबारे काठमाडौं सिडिओ भन्छन्...

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०५
  • |
  • 4448 पटक हेरिएको

बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट असोज ९ गतेदेखि आयोजना हुँदै छ । प्रतियोगिताका लागि ६ वटा टिमले खेलाडीको सूची पनि सार्वजनिक गरिसकेका छन् ।

विदेशी खेलाडीहरु पनि आउने क्रम शुरु भइसकेको छ । देशका ६ वटा शहरका नाममा रहेको फ्रेन्चाइजी टिमहरुले प्रतियोगिताको तयारी गरिरहेका बेला आयोजकले पनि तयारी तीब्र गतिमा अघि बढाएका छन् । प्रतियोगिताका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग अनुमति लिनका लागि प्रक्रिया अघि बढाइएको छ ।

जिल्ला प्रशासन कार्यालयको मौखिक सहमति पछि ईपीएलमा दर्शकले पनि प्रवेश पाउने सम्भावना रहेको छ । त्यसका लागि ईपीएलको टिकट बुकिङ खुला गरिसकिएको छ । दर्शकहरुले प्रभु पे मार्फत टिकट बुकिङ खुला गर्दा साधारण तर्फको २ सय र भीआईपी तर्फको मूल्य १ हजार तोकिएको जनाइएको छ । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले ईपीएल आयोजना गर्नका लागि आफूले सहमति दिएको बताए । यसअघि नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल दशरथ रंगशालामा आयोजना हुँदाको मोडेलमा ईपीएलमा दर्शक राख्न सकिने गरि भनेको बताए ।

ईपीएल खेल्ने ६ टिमका १०९ खेलाडीको सूची 

उनले नेप्लेजसँग भने ‘ईपीएल आयोजक म कहाँ आउनु भएको थियो, उहाँहरुले दर्शकसहित प्रतियोगिता आयोजना गर्ने विषयमा जानकारी गराउनु भयो, विदेशी खेलाडीहरु पनि आउँछन् र नेपालको पनि पर्यटन प्रवद्र्धन हुने कुरा बताउनु भएको थियो ।’

उनीहरुकाे कुरा सुनेपछि काठमाडौंको प्रमुख जिल्ला अधिकारी भएर भर्खरै आएको बताउँदै, लिखित रुपमा सबै कुराहरु खुलाएर आउन निर्देशन दिएका थिए ।

रिजालले भने ‘नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिताका बेला कोरोना विरुद्धको दुवै खोप लगाएका र पीसीआर रिपोर्ट नेगेटिभ रहेकाहरुलाई रंगशालामा प्रवेश दिइएको थियो । त्यसैगरी कीर्तिपुर मैदानमा पनि सामाजिक दूरी कायम गरि स्वास्थ्य मापदण्ड पालना गर्न भनेका छौं ।’  

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey