ईपीएल खेल्ने ६ टिमका १०९ खेलाडीको सूची 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०५
  • |
  • 2090 पटक हेरिएको

आगामी ९ गतेदेखि टियू क्रिकेट मैदान कीर्तिपुरमा एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएल शुरु हुँदै छ । त्यसका लागि तयारी अन्तिम चरणमा पुगेको छ भने विदेशी खेलाडीहरु आउने क्रम शुरु भइसकेको छ ।

कोभिड १९ को महामारीका कारण गत बर्ष अन्तिम समयमा स्थगित भएको थियो । यस पटक भने कोभिड महामारी कम भएको अवस्थामा स्वास्थ्य मापदण्ड पालना गरेर सिमित दर्शक राखेर प्रतियोगिता आयोजना हुन लागेको छ । 
 ईपीएल असोज ९ गते शुरु भएर २३ गते फाइनल हुने छ । 

काठमाडौं किंग्स इलाभेन सन्दीप लामिछानेको कप्तानीमा खेल्ने छ । काठमाडौंले १६ जना खेलाडीको सूची सार्वजनिक गरेको छ । 

काठमाडौं :
सन्दीप लामिछाने, अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, मोहमद समसद शेख, दीपेन्द्र रावत,  जीतेन्द्र मुखिया, आकास चन्द, अमरसिंह रौटेला गुल्सन झा । 
विदेशी खेलाडी :
साहिद अफ्रिदी, जनक प्रकाश, रियान ब्रुल र रमनुल्लाह गुबाज रहेका छन् ।

ललितपुर प्याटिङयोट्सले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको छ । 

ललितपुर : ज्ञानेन्द्र मल्ल, सूर्य तामाङ, पवन शर्राफ, सन्दीप जोरा, सोनु तामाङ, राशिद खान, शंकर राना, योगेन्द्र सिंह कार्की, कुशल भुर्तेल, नारायण जोशी, ललित राजवंशी, अरियो पौडेल, विभत्सु थापा, कमल खत्री, रिजन ढकाल, नागराज सिंह ।

विदेशी खेलाडी : अज्मतुल्लाह ओमराजी, ओसराजा फ्रिनाडो, सान्दून ओरकायो, मिकियो दोर्जी ।

भैरहवा ग्लाडियटर्सले शरद भेषावकरको कप्तानीमा ईपीएल खेल्दै छ । दुई पटक लगातार उप विजेता भएको भैरहवाले यस पटक उपाधि जित्ने लक्ष्य लिएको छ ।  

भैरहवा :

शरद भेषावकर, आरिफ शेख, रोहित कुमार पौडेल, अविनाश बोहोरा, कुशल मल्ल प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, हरिशंकर साह, दीपेश श्रेष्ठ, हिमान्सु दत्त, विकास आग्री, दुर्गे गुप्ता, तुलबहादुर थापा, मौसम ढकाल ।

विदेशी खेलाडी :
तमिम इकबाल खान, उपुल थरंगा, धामिका थिराना, शार्विन मुनिन्डे ।

पोखरा राइनोज विनोद भण्डारीको कप्तानीमा ईपीएल खेल्दै छ । 
पोखरा :
विनोद भण्डारी, सुनिल धमला, ऋत गौतम, विपीन रावल, लोकेशबहादुर बम, रविन्द्र शाही, विवेककुमार यादव, सुशन भारी, किशोर महतो, बिक्रम सोब, नन्दन यादव, देव साह, अर्जुन कुमाल, विपिन खत्री ।
विदेशी 
सहान आर्चिजे, रिचार्ड लेभी एस्ला गुनारत्ने, केशरिक विलियम ।  

चितवन टाइगर्सले सोमपाल कामीको कप्तानीमा ईपीएल खेल्ने छ । 

चितवन :
सोमपाल कामी, दिलिप नाथ, सन्दीप सुनार, देव खनाल, हसिम अन्सारी, आदिल खान, खडक बोहोरा, राजेश पुलामी, गौतम केसी, भीम सार्की, इशान पाण्डे, कमल ऐरी, सहाब आलम, सागर ढकाल ।

विदेशी :

मोहम्मद सहेजाद, करिम जनत, सिकुजी प्रसन्न, विरेनदीप सिंह ।

विराटनगर वारियर्सले करण केसीको कप्तानीमा ईपीएल खेल्ने भएको छ । पारस खड्काको कप्तानीमा विगतमा ईपीएल खेलेको विराटनगरमा यस पटक पारस छैनन् । हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारसले ईपीएल पनि नखेल्ने भएका छन् । 

विराटनगर :

करण केसी, आशिफ शेख, अनिल कुमार साह, सन्दीप रजाली, सौरब खनाल, समित महर्जन, हरिबहादुर चौहान, सोनु देवकोटा, प्रतिस जिसी, रामनरेश गिरी, विक्रम कुमार भुषाल, अनिल खरेल, अर्जुन चुनारा, सन्तोष यादव ।

विदेशी 
रियान पठान, चन्द्रपौल हेमराज, सिकन्दर राजा, दिल्सन मुनवेरा ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey