हङकङसँग बराबरी खेल्दै नेपाल समुह चरणबाट बाहिरियो

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०५
  • |
  • 1353 पटक हेरिएको

हाइलाइट्स

आजको बराबरीसँगै हङकङको भने आशा जिवितै रहेको छ । उसले अर्को खेलमा फिलिपिन्ससँग खेल्ने छ । 

एएफसी महिला एसियन कप-२०२२ छनोटको दोस्रो खेलमा हङकङसँग गोलरहित बराबरी खेल्दै नेपाली राष्ट्रिय महिला फुटबल टिम समुह चरणबाट बाहिरिएको छ ।

पहिलो खेलमा फिलिपिन्ससँग अन्तिम समय सम्हालिन नसक्दा नेपालले २–१ को पराजय भोगेको थियो ।

उग्वेकिस्तानको जेएआर स्टेडियममा सम्पन्न खेलमा नेपाली टिमले हङकङलाई पुरै समय दबाबमा राख्न सफल भएपनि गोल भने गर्न सकेन ।

एसियन कपमा छनोट हुने सम्भावना कायम राख्नका लागि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब रहेको थियो तर गोलरहित बराबरी खेलेसँगै नेपालको एएफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा टुंगिएको हो । 

समुह ‘एफ’ मा नेपालसहित फिलिपन्स र हङकङ रहेको थियो । समुहको शिर्ष स्थानमा रहने टिमले अर्के वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । 

आजको खेलमा नेपालले १३ कर्नर पाएको थियो तर फिनिसिङको अभावमा गोल भने हुन सकेन ।

आजको बराबरीसँगै हङकङको भने आशा जिवितै रहेको छ । उसले अर्को खेलमा फिलिपिन्ससँग खेल्ने छ । 

समुह ‘एफ’ मा रहेको नेपालले २ खेलमा १ अंक बनाएको छ । यसभन्दा अघि भएको २ खेलमा भने नेपाल हङकङसँग पराजित भएको थियो । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal