युभेन्टस र एट्लेटिको मड्रिडको भावि योजनामा बुकायो

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०६-०५
  • |
  • 745 पटक हेरिएको

इंग्ल्याण्ड तथा आर्सनलका विंगर बुकायो साकालाई अनुबन्ध गर्नका लागि एट्लेटिको मड्रिड र युभेन्टसले तिव्र चहाना देखाएको छ । 

युरो २०२० मा इंग्ल्याण्ड फाइनलसम्म पुग्दा साकाले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

फाइनलमा इंग्ल्याण्ड इटलीसँग पेनल्टीमार्फत पराजित हुँदा भने साकाले पनि पेनल्टी गुमाएका थिए ।  त्यसपछि केही समयसम्म युवा स्टार बुकायोको आलोचाना पनि भएको थियो ।

आर्सनलले साकाको मुल्य ५० मिलियन तोकेको छ । गत सिजनमा आर्सनलले आठौं स्थानमा रहँदै सिजनको अन्त्य गरेको थियो ।

उक्त सिजन साकाले ४६ खेलमा ७ गोलको साथमा १० एसिस्ट उपलब्ध गरेका थिए । 

साका र आर्सनलबिचको सम्झौता तिन वर्षपछि सकिँदै छ तर उनलाई अनुबन्ध गर्नका लागि अहिलेदेखी नै युभेन्टस र स्पेनिश च्याम्पियन एट्लेटिकोले चासो देखाएको छ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal