कोहलीले आईपीएलमा २०० म्याच खेल्ने बनाए रेकर्ड 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०६-०४
  • |
  • 561 पटक हेरिएको

इन्डियन प्रिमियर लिग क्रिकेटमा विराट कोहलीले नयाँ रेकर्ड बनाएका छन् ।

रोयल च्यालेन्जर्स बेंग्लो र कोलकता नाइटराइडर्सबीच खेल हुँदै छ । बेंग्लोरका कप्तान रहका कोहली टसका लागि मैदान टेके लगत्तै नयाँ इतिहास कायम गरेका हुन् ।

उनी आईपीएलमा एउटै टिमबाट २०० म्याच खेल्ने रेकर्ड बनाउन सफल भए । कोहली भन्दा अघि महेन्द्र सिंह धोनी, रोहित शर्मा, दिनेश कार्तिक र सुरेश रैनाले आईपीएलमा २०० म्याच खेले पनि उनीहरुले एउटै फ्रेन्चाइज क्लबबाट भने खेलेका होइनन् ।

आईपीएल टिम बेंग्लोरको कप्तानीबाट भने आइतबार मात्रै कोहलीले राजिनामा दिने घोषणा गरेका छन् । उनले यो सिजन कप्तानीका रुपमा आफ्नो अन्तिम सिजन रहेको उल्लेख गरेका छन् ।

सन् २००८ मा भारतले यु १९ विश्वकप जित्दा कप्तान रहेका कोहलीलाई त्यतिबेला नै बेंग्लोरले टिममा समावेश गरेको थियो । उनी २०१३ मा बेंग्लोरको कप्तान भएका थिए ।

 २०१६ मा आईपीएलमा सर्वाधिक रन बनाएका कोहलीले ओरेन्ज कप जितेका थिए । उनी आईपीएलका सर्वाधिक पारिश्रमिक लिने खेलाडी पनि हुन् ।  

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal