भारतद्वारा अन्तर्राष्ट्रिय सिरिजका लागि मिति घोषणा

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०६-०४
  • |
  • 1438 पटक हेरिएको

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले २०२१–२२ का लागि अन्तर्राष्ट्रिय होम एण्ड अवे सिजनको घोषणा गरेको छ । आगामी २०२२ जुनसम्म भारतले चार देशको भ्रमण गर्ने भएको छ ।

यो भ्रमण युएई र ओमानमा आयोजना हुने टी २० विश्वकप पछि शुरुहुने छ । पहिलो सिरिजको रुपमा न्यूजिल्याण्डसँग  तीन टी २० र दुई टेस्ट म्याचको सिरिज हुने छ ।

न्यूजिल्याण्डसँगको टी २० सिरिजका खेलहरु जयपुर, राँची र कोलकतामा आयोजना हुने छ ।  टेस्ट सिरिज भने कानपुर र मुम्बईमा आयोजना गर्ने तय भएको छ ।

No description available.

न्यूजिल्याण्डसँगको सिरिज पछि भारतीय टिमसँग खेल्न वेस्टइन्डिजको टिम आउने छ । उसले २०२२ को फेब्रुअरीमा तीन तीन म्याचमा टी २० र एक दिवसीय खेल्ने छ ।  

एक दिवसीय सिरिजका खेलहरु अहमदाबाद, जयपुर र कोलकतामा हुने छ भने टी २० कटक, विजाग र  त्रिवेदममा आयोजना गर्नका लागि प्रस्ताव गरिएको छ ।

वेस्टइन्डिज फर्किएपछि फेब्रुअरी र मार्चमा भारतले घरेलु मैदानमा श्रीलंकासँग खेल्ने छ । श्रीलंकासँग दुई टेस्ट र तीन टी २० म्याचको सिरिज आयोजना हुने छ ।

टी २० का खेलहरु मोहाली, धर्मशाला र लखनऊमा आयोजना हुँदा टेस्ट म्याच बेंग्लोर र मोहालीमा आयोजना हुने छ । यो सिरिज २५ फेब्रुअरीमा आयोजना हुने छ ।

त्यसपछि जुनमा भारत भ्रमणमा दक्षिण अफ्रिका आउने छ । पाँच म्याचको टी २०  सिरिज खेल्ने छन् । ५ जुनमा पहिलो टी २० खेल भएपछि १९ जुनमा पाँचौं टी २० हुने छ । यसका खेलहरु चेन्नाई, बेंग्लेर, नागपुर, राजकोट र दिल्लीमा आयोजना हुने छ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal