मैदानमा नेपाली समर्थकको उपस्थिती देख्दा ओमान क्रिकेटका पदाधिकारी चकित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०४
  • |
  • 12166 पटक हेरिएको

हाइलाइट्स

  • नेपालको झण्डा बोकेर टिमको समर्थन गर्न पुगेका नेपालीहरु आफ्नो देशको जितमा झनै खुसी देखिन्थे । 
  • उनीहरु नेपालले विकेट लिँदा होस या चौका छक्का प्रहार गर्दा उफ्रेर हौसला बढाउथे । 

नेपालले विश्वका कुनैपनि देशमा क्रिकेट खेल्न जाँदा समर्थकले साथ नपाउको देश विरलै हुन्छ । एसोसियट क्रिकेटमा नेपालको जतिको समर्थक अरु देशमा निकै कम छ । नेपालले युरोपमा खेल्दा होस या खाँडी मुलुकमा टिमको खेल हेर्नका लागि समर्थक मैदानसम्म नपुगेको दिन हुँदैन । 

यस्तैमा पछिल्लो पटक नेपाली क्रिकेट टिमले ओमानमा दुई वटा एकदिवसिय सिरिज खेल्दा नेपाली समर्थकको राम्रो साथ पायो । ओमानमा करिव २० हजार नेपाली विभिन्न रोजगारीका लागि बसिरहेका छन । तर त्यसमा पनि केहि यस्ता समर्थक छन, जो नेपाली टिमको खेल हेर्नका लागि मैदानसम्म पुगे । 

नेपालको झण्डा बोकेर टिमको समर्थन गर्न पुगेका नेपालीहरु आफ्नो देशको जितमा झनै खुसी देखिन्थे । उनीहरु नेपालले विकेट लिँदा होस या चौका छक्का प्रहार गर्दा उफ्रेर हौसला बढाउथे । 

कीर्तिपुर मैदानमा नेपालले खेल्ने हरेक खेलमा हजारौ समर्थक ओर्लिएको धेरै उदाहरण छन । यसपटक खाडी मुलुकमा पनि नेपालीहरु मैदानसम्म पुगेर खेल हेरेको देख्दा ओमान क्रिकेट संघका पदाधिकारी नै अचम्ममा परेका थिए । 

ओमान क्रिकेट खेल हेर्नका लागि निकै कम समर्थक मैदानसम्म पुग्ने गरेका छन । तर यो पटक समर्थकहरुले टिमको हौसला बढाउन जसरी नेपाली पुगे, त्यसले उनीहरु अचम्ममा परेका हुन । अझ बिदाको दिन परेका बेला राम्रो संख्यामा समर्थक मैदानमा पुगेका थिए । 

हेरौं ओमानमा नेपाली समर्थक र उनीहरुको भनाई

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey