केल्मीका किट्सहरु अधिकारिक शोरुम र विक्रेताबाट मात्र किनौं 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०४
  • |
  • 1173 पटक हेरिएको

काठमाडौं । विश्व खेलकुद पोशाकमा एउटा ब्राण्ड बनिसकेको ‘केल्मी’ले पछिल्लो समय नेपाली खेलकुदमा पनि आक्रामरुपमा अघि बढी रहेको छ । 

अहिले केल्मीले नेपालको राष्ट्रिय खेल भलिबललेदेखि, विभागीय क्लबहरुका साथै विभिन्न राष्ट्रिय तथा स्थानीय क्लबहरुका किट्समा केल्मीको प्रयोग बढ्दो छ । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकदेखि एसियाली तथा स्थानीय प्रतियोगितामा पनि केल्मीको उपस्थिति बलियो बनाउँदै लगेको छ । 

केल्मी स्पोर्टस प्रोडक्ट को. लिमिटेडको सामग्री नेपालमा कामारु ट्रेडिङ प्रालिले बिक्रि वितरण गरिरहेको छ । तर पछिल्लो समय अनाधिकृत रुपमा उत्पादन गरिएका, विदेशमा उत्पादन गरि नेपालमा विक्री वितरण गरिएका तथा विदेशबाट कच्चा पदार्थ झिकाई नेपालमा तयार गरिएका केल्मी स्पोर्टस्का विभिन्न नक्कली उत्पादनहरु विभिन्न व्यक्ति, संस्था, कम्पनी तथा निकायले नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको भेटिएको  केल्मीका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सोमबार विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

उनले एउटा अन्तर्राष्ट्रिय कम्पनीको नाममा दर्ता भएको व्रान्डको यसरी अनाधिकृत रुपमा नक्कल गर्दा अन्तर्राष्ट्रिय ब्रान्डको छविमा गम्भीर असर पुगेको बताउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको समेत उल्लंघन भइरहेको तर्फ पनि उल्लेख गरेका छन् ।

केल्मी स्पोर्टस् प्रोडक्टस कम्पनीका विभिन्न उत्पादनहरु नेपालको एक मात्र आधिकारिक विक्री वितरक कामारु ट्रेडिङ प्रा. लि. भएको हुँदा आगामी दिनमा कुनै व्यक्ति, कम्पनी, संस्था वा निकायले यस्ता अनाधिकृत कार्य गरेमा, गर्न लगाएमा वा गरेको पाइएमा नेपालको संविधान, पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन २०२२, मुलुकी अपराध संहिता ऐन २०७४ लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून बमोजिम हदै सम्मको कडा भन्दा कडा कारवाही हुने प्रबन्ध निर्देशक न्यौपानेले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

साथै उनले आम उपभोक्ताहरुलाई यस्ता अनाधिकृत सामाग्रीबाट सुसूचित गराउँदै देशभर रहेका केल्मीका अधिकारिक शोरुम र विक्रेताबाट मात्र सामाग्री खरिद गर्न पनि अनुरोध गरेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey