वर्ल्ड स्कुल स्पोर्ट्स टोली फर्कियो

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०४
  • |
  • 993 पटक हेरिएको

आईएसएफ यु–१५ वल्र्ड स्कुल स्पोर्ट्स गेम्समा सहभागी भइ १५ खेलाडीसहित २४ सदस्यीय नेपाली टोली सोमबार स्वदेश फर्किएको छ ।

सर्बियाको बेलग्रेडमा सेप्टेम्बर ११ देखि १९ तारिखसम्म भएको गेम्समा ९ पौडी र ६ तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

तेक्वान्दोतर्फ नेपालले ३ कांस्य पदक जित्यो । ब्यक्तिगत पुम्सेको ब्वाइजमा लावाङ लामा र गल्र्समा सिमानी लामाले कांस्य जिते । दुवै मिलेर पेयर पुम्सेमा पनि नेपाललाई कांस्य दिलाए ।

पौडी टोलीले भने ‘बेस्ट पर्फमर टोली’ को उपाधि जितेको आईएसएफ डेलिगेटका रुपमा सहभागी राजकुमार कार्कीले जनाएका छन् । कार्कीका अनुसार गेम्स विभिन्न ३५ राष्ट्रका ५ हजार भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । टोली खेलाडी, अभिभावकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal