वडा १० र ४ लाई उपाधि
- नेप्लेज
- |
- २०७८-०६-०२
- |
- 1150 पटक हेरिएको
वडा १० को ‘ए’ टिम र वडा ४ ले नवौं कीर्तिपुर नगरव्यापी अन्तर वडा पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । वडा १० पुरुष तथा वडा ४ महिलामा च्याम्पियन बने ।
कीर्तिपुर बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा वडा १० ले वडा ८ लाई ८३–७१ ले पराजित ग¥यो ।
कीर्तिपुरको नयाँबजारस्थित कभर्डहलमा भएको महिलाको उपाधि भिडन्तमा वडा ४ ले वडा ६ लाई ४९–३१ ले हरायो । विजयी टिमका लागि मुना महर्जनले २३ अंक जोडिन् ।
विजेतालाई कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, आयोजक संघका अध्यक्ष विकु महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।