प्रिमियर लिगमा ब्रेन्टफोर्ड विजयी 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०६-०२
  • |
  • 1044 पटक हेरिएको

इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्ड विजयी भएको छ ।

शनिबार भएको खेलमा ब्रेन्टफोर्डले वुल्भरह्याम्पटनमाथि २–० गोल अन्तरको जित दर्ता गरेको हो ।

वुल्भरको मैदानमा २८ औं मिनेटमा इभान टोनीले पेनाल्टीमार्फत गोल गर्दै ब्रेन्टफोर्डले शुरुआती अग्रता लिएको थियो । ३४ औं मिनेटमा ब्रेन एमबिमोले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

पहिलो हाफमा २ गोल गरेको ब्रेन्टफोर्ड दोस्रो हाफमा १० खेलाडीमा झरेको थियो । सेन्डम बापटिस्टे दोहोरो पहेँलो कार्ड पाउँदै ६४ औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडेका थिए ।

पाहुनाटोली ब्रेन्टफोर्ड १० खेलाडीले खेले पनि घरेलु टोली बुल्भरह्याम्प्टनले फाइदा लिन सकेन ।

यो नतिजासँगै ब्रेन्टफोर्ड ८ अंकसहित तालिकाको नवौं स्थानमा रहेको छ भने वुल्भरह्याम्प्टन ३ अंकसहित १४ औं स्थानमा रहेको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey