Mega Bank

अन्तिम समयमा लय गुमाउँदा फिलिपिन्ससँग हार्‍यो नेपाल

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०६-०२
  • |
  • 686 पटक हेरिएको

 एएफसी वुमन्स एसियन कप क्वालीफायर अन्तर्गत पहिलो खेलमा नेपाल फिलिपिन्सिसँग पराजित भएको छ ।

उज्वेकिस्तानमा भएको खेलमा नेपाल २–१ गोल अन्तरले पराजित हुन पुग्यो ।

शुरुआती अग्रता नेपालले लिए पनि अन्तिम समयमा लय गुमाउँदै लगातार २ गोल खान पुग्यो र नेपाल पराजित भयो ।

नेपालकी विमला चौधरीले १० औं मिनेटमा हेडरगोलमार्फत फिलिपिन्सविरुद्ध शुरुआती अग्रता दिलाएकी थिइन् ।

उनी ३९ औं मिनेटमा घाइते हुँदै मैदान छाडेपछि नेपालको खेल कमजोर बनेको थियो ।

६३ औं मिनेटमा पुजा रानालाई रिप्लेस गदै विमला विकले नेपालका लागि डेब्यु गरिन् ।

नेपालले दोस्रो हाफको ९० औं मिनेट र थप गरिएको दोस्रो मिनेटमा लगातार २ गोलको सामना गरेको थियो ।

६५ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी कामिलि विल्सनले २ गोल गर्दै फिलिपिन्सको जित पक्का गरिन् ।

 लगातार २ गोल गरेपछि फिलिपिन्सले अन्त्यमा २–१ को जितका साथ पहिलो खेल टुंग्यो । अब नेपालले मंगलबार हङकङसँग खेल्ने छ ।

भर्खरै

Advertisement