ए डिभिजन राष्ट्रिय फुटसल लिगमा द राईजिङ क्लब धरानको विजयी शुरुआत

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०२
  • |
  • 981 पटक हेरिएको

ए डिभिजन राष्ट्रिय फुटसल लिगमा द राईजिङ क्लब धरानले विजयी शुरुआत गरेको छ ।

पोखराको बहुउद्देश्यिक कभर्डहलमा आज भएको उद्घाटन खेलमा मच्छिन्द्र स्काई गोललाई ५–४ गोल अन्तरले पराजित गरेको हो ।

मच्छिन्द्रका तर्फबाट श्रीकृष्ण श्रेष्ठले ह्याट्रिक गरे पनि हार भने टार्न सकेनन् ।

पहिलाे पल्ट म्याटमा खेलेका कारण खेलाडीहरु अलमल्ल परेका थिए ।

प्रतिस्पर्धात्मक बनेको खेलमा मच्छिन्द्रले शुरुआती अग्रता लिए पनि जोगाउन भने असफल रह्यो ।

श्रीकृष्ण श्रेष्ठले १३ औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए ।

सोही गोलको अग्रता उसले पहिलो हाफमा कायम राखेको थियो । तर दोस्रो हाफको शुरुमै ३ गोल गर्दै राईजिङले ३–१ को अग्रता दिलाए ।

२१ औं मिनेटमा दोर्जे तामाङले गोल गर्दै राईजिङलाई एक एक गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि राईजिङ क्लबले २२ औं मिनेटमा लगातार दुई गोल गर्दै उल्टै अग्रता ३–१ बनायो ।

२२ औं मिनेटमा मिलन लिम्बु र सुदीप गुरुङले एक एक गोल थप्दै राईजिङलाई ३–१ ले अघि बढाए ।

२५ औं मिनेटमा रिओस मास्केले गोल गर्दै राईजिङलाई जित तर्फ अग्रसर बनाएका थिए ।

तर २६ औं मिनेटमा आशिष सुनमले गोल फर्काउँदै मच्छिन्द्रलाई खेलमा फर्काउने प्रयास गरे ।

३० औं मिनेटमा श्रीकृष्ण श्रेष्ठले गोल गरेपछि मच्छिन्द्रले खेल ४–३ को अवस्थामा आएको थियो ।

३२ औं मिनेटमा मास्केले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल गरेपछि राईजिङ ५–३ ले अघि बढ्यो ।

३५ औं मिनेटमा मच्छिन्द्रका लागि गोल गर्दै व्यक्तिगतरुपमा ह्याट्रिक पुरा गरे भने टिमका लागि चौथो गोल गरेका थिए ।

त्यसपछि थप गोलव नभएपछि राइजिङ क्लब ५–४ गोल अन्तरले पराजित भयो ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey