Mega Bank

ज्लाटनले च्याम्पियन्स लिगको पहिलो खेल नखेल्ने

Kelme Nepal
  • एजेन्सी
  • |
  • २०७८-०५-३०
  • |
  • 119 पटक हेरिएको

इटालियन क्लब एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोवीचले आज राती हुने लिभरपुलविरुद्धको पहिलो च्याम्पियन्स लिग खेल गुमाउने भएका छन् । 

४ महिने चोटबाट मुक्त हुँदै केही दिन अघि टिममा फर्किएका ज्लाटन फेरी चोटग्रस्त भएका छन् ।

३९ वर्षिय ज्लाटनले आइतबार लाजियोविरुद्ध १ गोल गरेका थिए । उक्त खेलमा एसी मिलान २–० ले विजयी भएको थियो । 

मिलानका मुख्य प्रशिक्षक स्टेफानो पायोलीले आफुहरुलाई ज्लाटनको आगमनले केही राहत मिलेको समयमा उनको अनुपस्थितीले कठिन हुने बताएका छन् । 

च्याम्पियन्स लिगमा एसी मिलान ग्रुप ‘बी’ मा रहेको छ । उक्त गु्रपमा एसी मिलानको साथमा एट्लेटिको मड्रिड,लिभरपुल र पोर्टो रहेका छन् ।  

भर्खरै

Advertisement