च्याम्पियन्स लिग: बार्सिलाेनाकाे पाेष्टमा बार्यनकाे ३ गाेल, चेल्सी र युभेन्टसपनि विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०५-३०
  • |
  • 1603 पटक हेरिएको

हाइलाइट्स

  • बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्यनको जितमा थोमस मुलरले एक तथा रोबर्ट लेवान्दोस्कीले दुई गोल गरे । 

युरोपियन च्याम्पियन्स लिगको समुह चरणको पहिलो खेलमा बार्यन म्युनिखले बार्सिलोनालाई तीन शुन्यले पराजित गरेको छ । 

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्यनको जितमा थोमस मुलरले एक तथा रोबर्ट लेवान्दोस्कीले दुई गोल गरे । 

युरोपका दुई पावरहाउट टिम विचको भिडन्तमा बार्यनले बार्सिलोनालाई उसकै मैदानमा सहज रुपमा हरायो । खेलको ३४ औं मिनेटमा नै मुलरले गोल गर्दै बार्यनलाई अग्रता दिलाए । 

उनले लिरोइ सानेको पासमा गोल गरेका थिए । 

पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्यनले दोस्रो हाफमा एक गोल थप्यो । ५६ औं मिनेटमा लेवान्दोस्कीले टिमका लागि दोस्रो गोल गरे । 

त्यसपछि खेलको ८५ औं मिनेटमा लेवान्दोस्कीले नै ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र बार्यनले समुह ई मा पहिलो तीन अंक हासिल गर्यो । 

यहि समुहको अर्को खेलमा बेनफिाले डाइनामो कियभसँग गोलरहित बराबरी खेल्यो । यस्तै अर्को खेलमा भिल्ला रियलले एटलान्टासँग दुई दुई गोलको बराबरी खेल्यो । 

चेल्सीकाे कठिन जित

समुह एच अन्तर्गत भएको खेलमा चेल्सीले जेनितमाथि एक शुन्यको कठिन जित निकाल्यो । चेल्सीका लागि निकै उच्च लयमा रहेका रोमेलु लुकाकुले गोल गरे । 

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६९ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । 

जुन गोल चेल्सीलाई पहिलो खेलमा तीन अंक दिलाउन पर्याप्त बन्यो ।

युभेन्टसकाे सहज जित

अर्को खेलमा युभेन्टसले माल्मोलाई तीन शुन्यले हरायो । युभेन्टसको जितमा एलेक्स सान्द्रो, पाउलो डिबाला र मोराटाले एक एक गोल गरे । 

सान्द्रोले खेलको २३ औं मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । पहिलो हाफको अन्तिममा एक मिनेटमा नै युभेन्टसले दुई गोल गर्यो ।

खेलको ४५ औं मिनेटमा डिबालाले पेनाल्टीमा गोल गर्दै टिमलाई दुई शुन्यले अगाडी राखे । त्यसको अर्को मिनेटमा मोराटाले स्कोर तीन शुन्यमा पुर्याए । यो जितसँगै युभेन्टसले तीन अंक बनाएको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey