Mega Bank

राेनाल्डाेले गाेल गरेपनि युनाइटेड च्याम्पियन्स लिगकाे पहिलाे खेलमा नै पराजित

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०५-३०
  • |
  • 290 पटक हेरिएको

युराेपियन च्याम्पियन्स लिग फुटबलकाे समूह चरणको पहिलो खेलमा क्रिस्टियानाे राेनाल्डाेकाे टिम म्यानचेस्टर युनाईटेड पराजित भएको छ ।

मंगलबार राति भएको खेलमा युनाईटेड स्विस क्लब योङ ब्वाइजसँग २-१ गोल अन्तरले स्तब्ध भयाे । 

१० खेलाडीमा समेटिएको युनाईटेडले एक गाेलकाे अग्रता जोगाउन सकेन । १३ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए। उनले ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै च्याम्पियन्स लिगका कुल गाेल एक सय ३५ पुर्याए ।

यतिमात्र हाेइन उनले च्याम्पियन्स लिगमा धेरै खेल खेल्ने खेलाडीको कीर्तिमानमा इकर क्यासिलाससँग बराबरी समेत गरेका छन् । क्यासिलासले १ सय ७७ खेल खेलेका थिए । 

एक गाेलले अगाडी रहेका बेला युनाइटेड ३५ औं मिनेटमा १० खेलाडीमा झर्याे । उसका आराेन वान बिसाकाले क्रिस्टोफर मार्टिनलाई फउल गरेपछि रातो कार्ड पाएका थिए ।

पहिलाे हाफमा एक गाेलकाे अग्रता बनाएकाे युनाइटेडले ६६ औं मिनेटमा बराबरी गाेल खायाे । स्विस टिमका निकोलसले गोल गरे । तर इन्जुरी समयमा याेङ स्टारका थियोसन जोर्डनले गोल गरेपछि २-१ को जित निकाल्न सफल भयाे । 

जितसँगै समूह एफ मा रहकाे योङले महत्वपूर्ण ३ अंक जोडेको छ । समूह जीको खेलमा सेभिया र साल्जवर्गले १-१ गोलको बराबरी खेलेका छन् ।

भर्खरै

Advertisement