सन्दीपले बलिङ गर्न नसकेको खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०५-२९
  • |
  • 791 पटक हेरिएको

हाइलाइट्स

  • ओपनर जतिन्दर सिंहले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक प्रहार गरेपछि आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत ओमानले नेपाललाई ५ विकेटले पराजित गरेको छ । 

ओपनर जतिन्दर सिंहले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक प्रहार गरेपछि आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत ओमानले नेपाललाई ५ विकेटले पराजित गरेको छ । 

ओमान क्रिकेट एकेडेमीको मैदानमा १९७ रनको झिनो लक्ष्य घरेलु टोलीले ५ विकेट गुमाएर ३१.१ओभरमा पूरा गर्यो । 

अर्का ओपनर शोएव खानलाई ७ रनको स्कोरमा सुशन भारीले आशिफ शेखको हातबाट क्याच आउट गराए पनि जितेन्दरले आउन खानसँग मिलेर ९८ रनको साझेदारी गरेपछि ओमानले पावर प्ले (१० ओभर) भित्रै १ सय रनको स्कोर पार गरेको थियो । 

सन्दीप लामिछाने पेट दुखेमा कारण बलिङ गर्न असमर्थ भएपछि नेपालको स्पिन आक्रमण कुशल मल्ल र सुशन भारीले संहालेका थिए । 

२५.३ ओभरमा कुशल मल्लकै बलमा जितेन्दर बाउन्ड्री एरियामा रोहित कुमार पौडेलको हातबाट क्याचआउट भए ।

जितेन्दरले आठौं ओभरमा करन केसीको बलमा २० रन प्रहार गरेका थिए । करन इनिङको महंगा बलर बने । उनले ५ ओभरमा ५२ रन खर्चिए र २ विकेट लिए । 

त्यसअघि कुशलले ओमानका कप्तान जीसन मक्सुदलाइ पनि आउट गरेका थिए । ओमानका मोहम्मद नदिमले ३८ रन बनाए । 

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले आशिफ शेखको ९० रनमा यागदानमा ४७.४ ओभरमा अलआउट हुँदै १९६ रनको स्कोर खडा गरेको थियो । 

नेपालका लागि आशिफ शेख १० रनले शतक बनाउन चुक्दा कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेल क्रमश व्यक्तिगत २१ र २० रनमा पभेलियन फर्किएका थिए ।

अद एमिरेट मैदानमा नेपाली टिमका कप्तान मल्लले टस जितेर पहिला ब्याटिङ रोजेका थिए । 

आजको टिममा पनि कुनै परिवर्तन भने गरिएको थिएन । यसअघि अमेरिकाविरुद्ध ५ विकेटको जित निकालेको टिमै मैदान उत्रिएको थियो ।

नेपाली टिमको ओपनिङ आज पनि कुशल भुर्तेल र आशिफ शेखले गरेका थिए । तर, आजको ओपनिङ जोडी चल्नै सकेन । टिमले खाता नै खोल्न नपाउँदै कुशल भुर्तेल आउट भएका थिए । 

विलाल खानले पभेलियनको बाटो देखाएका थिए । त्यसपछि क्रिजमा आएका कप्तान ज्ञानेन्द्र मल्ल र आशिफको जोडीले नेपालको पारि अघि बढायो ।

टिमको स्कोर ५८ रन भएका बेला नेपालले दोस्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ल गुमाएको थियो । मल्लले ३३ बलमा २१ रन बनाएर बनाएर आउट हुँदा १ चौका प्रहार गरेका थिए । त्यसपछि क्रिजमा आएका रोहित पौडेलले नेपालको पारि आशिफसँग मिलेर अघि बढाएका थिए । यी दुईले नेपालको स्कोर १०० रन पुर्‍याएका थिए ।

नेपालले २३ ओभरमा १०० रन पुरा गरेको थियो । यसबीचमा ओपनिङ आएका आशिफ शेखले ६२ बलमा अर्धशतक पुरा गरेका थिए । २४ औं ओभरको पहिलो बलमा रोहित पौडेल आउट भएपछि नेपालले तेस्रो विकेट गुमायो । अमेरिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका रोहित ओमानविरुद्ध भने २० रन जोडेर आउट भए ।

उनले ३४ बल फेस गरेका थिए । लगत्तै टिमले स्कोर बोर्डमा १२ रन थप्दै ११२ रन बनाएका बेला विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी व्यक्तिगत ६ रन बनाएर आउट भए । विनोद आउटभएपछि क्रिजमा आएका सोमपाल कामी रनआउट हुँदा नेपालले पाँचौं विकेट गुमाएको थियो ।  सोमपाल रनआउट हुँदा नेपालको स्कोर ५–१३० भएको थियो । सोमपाल व्यक्तिगत १० रन बनाएर आउट भएका हुन् ।

छैटौं विकेटको रुपमा नेपालले कुशल मल्ललाई गुमाउनु पुग्यो । कुशल मल्ल जारी सिरिजमा चल्नै सकेका छैनन् । उनले ९ बल खेल्दा १ चौकाको मद्दतले ४ रनको योगदान गरेर फर्किएका थिए ।

सातौं विकेटको रुपमा नेपालले आशिफ शेखलाई गुमाउन पुग्यो । ओपनिङ आएका आशिफ ९० रन बनाएर खेलिरहेका बेला आउट भएका हुन् । उनी १० रनले नेपालका लागि शतक बनाउन चुके । तर, एक दिवशीय क्रिकेटमा सर्वाधिक व्यक्तिगत स्कोर गर्ने खेलाडीको सूचीमा भने आशिफ परेका छन् ।

यसभन्दा अगाडि नेपाली टिमका पूर्व कप्तान पारस खड्का रहेका छन् । खड्काले सन्यास लिइसकेका छन् । आठौं विकेटको रुपमा बिक्रम सोब २ रन बनाएर आउट भएका थिए । त्यसपछि करण केसी र सन्दीप लामिछानेले पारि अघि बढाएका थिए ।

सन्दीपले आक्रामक सट प्रहार गर्दै स्कोर बोर्ड चलायमान बनाउन खोजे पनि धेरै बेर टिक्न सकेनन् । उनले १० बलमा एक छक्का र एक चौकाको मद्दतले १६ रन बनाउँदै रन आउट हुन पुगे । सन्दीप आउट हुँदा नेपालको स्कोर ४० ओभरमा ९ विकेट गुमाएर १७३ रन बनेको थियो । नेपालले अन्तिम विकेटको रुपका करण के.सीलाई गुमाउँदै  १९६ रनमा समेटियोे । करण के.सीले २१ रन बनाउँदा ओमानका कप्तान जेशन  मक्सुदले आउट गरेका हुन् ।

ओमानका लागि विलाल खानले १० ओभरमा ४७ रन दिएर सर्वाधिक ४ विकेट लिए । नेस्टोर धाम्बाले ५ ओभरमा २५ रन दिएर २ विकेट लिँदा मोहमद नदीमले ७ ओभरमा २८ रन खर्चिएर १ विकेट हात पारे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey