ओमानसँग नेपाल पराजय नजिक 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०५-२९
  • |
  • 1017 पटक हेरिएको

ओमानविरुद्ध नेपाल पराजय नजिक रहेको छ । आईसीसी विश्वकप लिग टू अन्र्तगत नेपालविरुद्ध १९७ रनको लक्ष्य पछ्याएको ओमानले १६ ओभरमा १२९ रन बनाउँदा ३ विकेट गुमाएको छ ।

आजको खेलमा नेपाली बलरहरुले ओमानविरुद्ध निकै नै संघर्ष गरिरहेका छन् । अब ३३ ओभरमा ओमानलाई जितका लागि ६८ रन मात्रै आवश्यक रहेको छ । नेपालले पहिलो सफलता २४ रन भएका बेला हात पारेको थियो भने दोस्रो विकेट ११५ रन भएका बेला हात पारेको थियो ।

तेस्रो विकेट भने १२२ रन भएका बेला नेपालले लिएको थियो । पहिलो विकेट पहिलो विकेट करण केसीले लिएका थिए भने दोस्रो विकेट सुशन भारीले लिए भने तेस्रो विकेट कुशल मल्लले दिलाएका थिए । अहिलेसम्म ओमान सोहिब खान ७ रन बनाएर आउट हुँदा दोस्रो विकेटको रुपमा आयान खान पभेलियन फर्किएका थिए । यसैगरी तेस्रो विकेटको रुपमा भारीले जिहान मक्सुदलाई पभेलियन पठाए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey