पाराओलम्पिक टिमलाई केल्मीले खेल सामाग्री प्रायोजन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-२०
  • |
  • 926 पटक हेरिएको

हाइलाइट्स


  • पलेशाका साथमा टोकियो जाने प्रशिक्षक कविराज नेगी लामा, सेफ दि सरोज श्रेष्ठ, डाक्टर दीपक श्रेष्ठलाई प्याराल्याम्पिक अवधिभर प्रयोग हुने सामाग्री केल्मीले उपलब्ध गराउनेछ । 

पलेशासहित पाराओलम्पिक गेम्समा भाग लिने नेपाली टोलीलाई केल्मीले खेल सामाग्री प्रायोजन गरेको छ ।

जापानको टोकियोमा २४ अगष्ट २०२१ देखि ५ सेप्टेम्बर २०२१ मा पाराल्याम्पिक गेम्सको आयोजना हुँदैछ ।

त्यसमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनले प्रतिस्पर्धा गर्दैछिन् । उनले के ४४ अन्तर्गत ५८ केजी मुनी प्रतिस्पर्धा गर्नेछिन् । 

पलेशाका साथमा टोकियो जाने प्रशिक्षक कविराज नेगी लामा, सेफ दि सरोज श्रेष्ठ, डाक्टर दीपक श्रेष्ठलाई प्याराल्याम्पिक अवधिभर प्रयोग हुने सामाग्री केल्मीले उपलब्ध गराउनेछ । 

नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रदीप न्यौपाने र नेपाल पाराल्याम्पिक कमिटीका सचिव विश्वास बस्नेतले प्रायोजन सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

केल्मीले पाराल्याम्पिकलाई ४ वर्षका लागि प्रायोजन गरेको छ ।

पाराल्याम्पिकका सबै अन्तर्राष्ट्रिय सहभागितामा नेपाली सहभागीले केल्मीको खेल पोशाक प्रयोग गर्नेछन् । अहिले जापानमा जारी ओलम्पिकका लागि पनि केल्मीले प्रायोजन गरेको थियो । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal