ला लिगाको भ्यालु २४ बिलियन भन्दा बढि, नयाँ सम्झौताले बार्सा र रियललाई ठूलो राहत
- नेप्लेज
- |
- २०७८-०४-२०
- |
- 825 पटक हेरिएको
हाइलाइट्स
- ला लिगाले सिभीसी क्यापिटल पार्टनर्ससँग सम्झौता गरेपछि दुई दशमलव ७ बिलियन युरो निकाल्न पाउने भएको छ ।
ला लिगाले सिभीसी क्यापिटल पार्टनर्ससँग सम्झौता गरेपछि दुई दशमलव ७ बिलियन युरो निकाल्न पाउने भएको छ । यसले रियल र बार्सिलोनाका लागि ठूलो खुसीको खबर हुने भएको छ।
रियल आफ्नो घरेलु मैदान स्तादियो सान्टियागोको पुर्ननिर्माणका लागि बजेट खोजिरहेको थियो भने बार्सिलोना लियोनल मेस्सीको नयाँ सम्झौताका लागि रकम जुटाउन सकिएको थिएन ।
तर ला लिगाले गरेको यो सम्झौताबाट आउने रकमले उनीहरुलाई ठूलो राहत हुने भएको छ ।
ला लिगाले सो कम्पनीसँग सम्झौता गर्नका लागि करिव एक बर्षदेखि प्रयास गरिरहेको थियो । सम्झौताबाट आएका रकम ला लिगा क्लवको सुविधामा खर्च हुनेछ ।
२.७ बिलियन युरोको १५ प्रतिशत रकम सोझै क्लवहरुको खेलाडी अनुबन्ध र टिम बनाउनमा खर्चृ गरिनेछ । बाँकी रकम पुर्वाधार निर्माणमा लगानी हुनेछ ।
यो लगानीको स्विकृती भएपछि ला लिगाको भ्यालु २४ बिलियन युरो भन्दा बढि भएको छ ।
यो रकमबाट दुई सय ७० मिलियन युरो बार्सिलोनाले पाउनेछ भने रियलले दुई सय ६१ मिलियन युरो हात पार्नेछ ।
यो रकमले बार्सिलोनाले मेस्सी र रियलले केलियन एम्बाप्पेलाई भित्र्याउन सजिलो हुनेछ । यसका साथै साना क्लवका लागि पनि राहत हुने भएको छ ।