मोर्गन आइपीएलका लागि उपलब्ध हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-२०
  • |
  • 517 पटक हेरिएको

हाइलाइट्स


  • टी २० विश्वकप अगाडी हुन लागेको आइपीएलमा कोलकातामा अनुबन्ध मोर्गनले खेल्ने बताएका छन । 

इंग्ल्याण्डका क्रिकेटर इयोन मोर्गनले यूएईमा हुने आसन्न इन्डियन प्रिमियर लिग खेल्ने पक्का गरेका छन ।

टी २० विश्वकप अगाडी हुन लागेको आइपीएलमा कोलकातामा अनुबन्ध मोर्गनले खेल्ने बताएका छन । 

इंग्ल्याण्डको बंगलादेश भ्रमण सरेपछि उनले आइपीएल खेल्ने समय पाएका हुन ।

सेप्टेम्बरमा इंग्ल्याण्डले बंगलादेशसँग तीन एकदिवसिय र तीन टी २० खेल्ने तालिका थियो । तर सो सिरिज सरेको छन ।

दुबै क्रिकेट बोर्डले यो प्रतियोगिता सार्न सहमत भएपछि आइपीएलका लागि मोर्गनलाई समय मिलेको हो । 

आइपीएलका लागि यसअघि इंग्ल्याण्डका खेलाडी स्टार खेलाडीले गुमाउने संभावना रहेको बताइएको थियो ।

तर अब मोर्गनले खेल्ने पक्का गरेका छन भने बाँकी खेलाडीलाई पनि ब्यक्तिगत चाहनामा बोर्डले छोडेको छ । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey