सिटीले एस्टोन भिल्लाबाट ज्याकलाई १०० मिलियन पाउण्डमा भित्र्याउदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-२०
  • |
  • 505 पटक हेरिएको

हाइलाइट्स


  • प्रिमियर लिगमा रेकर्ड रकममा उनी सिटी अनुबन्ध हुन लागेका हुन । मिडफिल्डर ज्याकलाई सिटीले एक सय मिलियन पाउण्डमा अनुबन्ध गर्न लागेको हो ।

एस्टोन भिल्लाका कप्तान ज्याक ग्रेलिच एक सय मिलियन पाउण्डमा म्यानचेस्टर सिटीमा अनुबन्ध हुने भएका छन । 

प्रिमियर लिगमा रेकर्ड रकममा उनी सिटी अनुबन्ध हुन लागेका हुन । मिडफिल्डर ज्याकलाई सिटीले एक सय मिलियन पाउण्डमा अनुबन्ध गर्न लागेको हो ।

उनले सिटीबाट साताको दुई लाख ३० हजार पाउण्ड तलब पाउनेछन । 

प्रशिक्षक पेप ग्वार्डियोला प्रिमियर लिगको उपाधि रक्षा गर्ने अभियानमा छन । जसका कारण पनि उनी यो सिजनमा टिमलाई बलियो बनाउने लक्ष्यमा छन । 

ज्याक सोमबारबाट एस्टोन भिल्लाको प्रशिक्षणमा सहभागि भएका छन । उनले भिल्लाका स्पोर्टिङ डाइरेक्टर जोहन जांगेसँग करियरको अर्को स्टेपका विषयमा कुरा गरेका थिए । 

भिल्लाले यो सिजनमा प्रिमियर लिगको शिर्ष ६ मा पुग्ने लक्ष्यमा छ । जसका लागि उसले बायर लिभरकुसेनबाट लियोन बेलीलाई ३० मिलियन पाउण्डमा अनुबन्ध गरेको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey