Mega Bank

'१९ बर्ष 'प्यासन' ले क्रिकेट खेले अब यसलाई 'करियर' बनाउछु'-पारस खड्का

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०४-२०
  • |
  • 510 पटक हेरिएको

हाइलाइट्स

  • भविष्यलाई नै क्रिकेट भनेर अगाडि हिड्ने बताउँदै उनले अवसर आउँछ भने पछि नहट्ने बताए । 

  • उनले सही अवसर आए आफु त्यसबारेमा सोच्ने र आफ्नो सहभागिताले कस्तो असर पार्नसक्छ भन्ने हिसावले जहिलेपनि तुलना गरेको बताए । 

  • राजनीतिमा प्रवेशको विषयमा उनले आफु कुनै पार्टीसँग जोडिएर नेपाललाई कुनै न कुनै तरिकाले महत्व दिनसक्ने भए भने आफु तयार रहेको बताए । 

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अचानक अन्तराष्ट्रिय खेलाडी जीवनबाट सन्यासको घोषणा गर्दै सबैलाई आश्चार्यमा पारे । उनको सन्यासको चर्चा अहिले पनि निकै भइरहेको छ ।

तर पारसले आफ्नो सन्यास अचानक नभएको र यो धेरै सोचेर लिएको निर्णय भएको बताए । साथै उनले अहिलेसम्म प्यासनले क्रिकेटमा लागेको बताउँदै अब यसलाई करियर बनाउने बताए । उनले १९ बर्ष प्यासका कारण क्रिकेटमा लागियो अब यसैलाई करियर बनाएर क्रिकेटको विकाश गर्ने धारणा राखे । 

१० बर्ष नेपाली टिमको कप्तान गरेर दुई बर्ष अगाडिमात्र छोडेका पारसले अब पूर्व खेलाडीको नाताले आफूले गर्नसक्ने काम गर्ने बताए ।

आफूले अहिलेसम्म हात पारेको अनुभवलाई यदि मिलाएर अगाडि लग्यो भने यसले क्रिकेटको भविष्यमालाई बलियो बनाउन सहयोग गर्ने बताए । 

साथै उनले क्रिकेटबाट नटाढिएको र कहिले पनि टाढा नहुने बताए । भविष्यलाई नै क्रिकेट भनेर अगाडि हिड्ने बताउँदै उनले अवसर आउँछ भने पछि नहट्ने बताए । उनले सही अवसर आए आफू त्यसबारेमा सोच्ने र आफ्नो सहभागिताले कस्तो असर पार्नसक्छ भन्ने हिसावले जहिले पनि तुलना गरेको बताए । 

राजनीतिमा प्रवेशको विषयमा उनले आफू कुनै पार्टीसँग जोडिएर नेपाललाई कुनै न कुनै तरिकाले महत्व दिनसक्ने भए भने आफू तयार रहेको बताए । 

साथै पारसले आफ्नो अहिलेको चाहना ब्यवस्थापकमा आउनु भएपनि त्यो बाटो निकै कठिन रहेको बताए ।

उनले खेलाडीले क्रिकेटमा परिवर्तन ल्याउन संभव भएको भए पनि ब्यवस्थापनमा त्यस्तो ग्यारेन्टी नभएको बताए ।

राम्रा खेलाडी राम्रो कप्तान बन्न सक्दैनन्, राम्रो कप्तान राम्रो प्रशिक्षक बन्न सकेका छैनन्, खेलाडीहरु ब्यवस्थापक बन्न सकेका छैनन् । क्रिकेट बाहेकको जुन पोलिटिकल लाइन छ, सहि अवसर पाएमा त्यसबारे सोच्ने उनले बताए । 

हेराैं पारसले के भने त भिडियाेमा ।

 

भर्खरै

Advertisement