मओत्सेतुङको ब्याज लगाएको पाइएपछि अनुसन्धानमा मुछिए स्वर्ण विजेता चिनियाँ साइक्लिस्ट

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-२०
  • |
  • 1358 पटक हेरिएको

अन्तराष्ट्रिय ओलम्पिक कमिटीले  ओलम्पिक साइक्लिङ पदक समारोहको क्रममा देशका पूर्व नेता माओत्सेतुङको छवि भएको ब्याज लगाएका दुई चिनियाँ साइक्लिस्टहरुमाथि अनुसन्धान थालेको छ ।

एक प्रवक्ताका अनुसार आईओसीले घटनाको बारेमा रिपोर्टको लागि चिनियाँ ओलम्पिक समितिलाई सम्पर्क गरेको थियो। चिनका दुई ओलम्पिक साइक्लिस्टहरु बाओ सान्जु र जाङे तियान्शीको जोडीले सोमबार महिला स्प्रिन्टमा स्वर्ण जितेकी थिइन् ।

ओलम्पिक चार्टरको अनुच्छेद ५० मा ‘कुनै पनि प्रकारको प्रदर्शन वा राजनीतिक, धार्मिक वा जातीय प्रचार कुनै ओलम्पिक स्थल, वा अन्य क्षेत्रमा अनुमति छैन’ भन्ने उल्लेख गरिएकोे छ । 

चिनियाँ स्वर्ण विजेता साइक्लिस्टहरुबारे आईओसीका प्रवक्ता मार्क एडम्सले समितिले यस मामिलामा हेरिरहेको बताएका छन् ।

१९६० को दशकमा माओ ब्याज चीनमा उत्पादन भएका थिए। धेरै संख्यामा उत्पादन भएका ब्याजहरु अन्ततः  निर्माण प्रतिबन्धित गरिएको थियो ।

सोमबार चिनियाँ राष्ट्रिय अखबार ग्लोबल टाइम्सले स्वर्ण पदक विजेताको तस्वीर ट्विटरमा पोस्ट गर्दै तियान्शी र बाओ सान्जू पदक समारोहमा उपस्थित हुँदा अध्यक्ष माओको ब्याज लगाएका थिए भन्दै विश्लेषण गरिएको थियो । 

तर आलोचना र खबरदारीका कारण उक्त ट्वीट एक घण्टा भित्रमा नै डिलिट गरिएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey