ओमानमा हुने ट्राइ सिरिजका लागि १९ खेलाडी बन्द प्रशिक्षणमा, गुलशन पहिलाे पटक क्याम्पमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-२०
  • |
  • 1527 पटक हेरिएको

हाइलाइट्स

  • ट्राइ सिरिजका लागि बन्द प्रशिक्षणमा १९ खेलाडी, भोलिदेखि प्रशिक्षण 
  • २० सदस्यीय टोली घोषणा गरिएकोमा पारस खड्काले हिजो सन्यास लिएपछि १९ सदस्यीय टोली

काठमाडौं । आईसीसी क्रिकेट विश्व कप लिग टू अन्तर्गत ओमान र अमेरिकासँगको आसन्न ट्राइ सिरिजका लागि १९ सदस्यीय टोलीलाई सुरुआती प्रशिक्षणमा बोलाइएको छ । बन्द प्रशिक्षण आधिकारिक रुपमा भोलिदेखि सुरु हुनेछ ।

यसअघि २० सदस्यीय टोली घोषणा गरिएकोमा पारस खड्काले हिजो सन्यास लिएपछि १९ सदस्यीय टोलीले प्रशिक्षण गर्नेछन् । टोलीले हिजो र आज सामान्य अभ्यास गरेको थियो ।

उपत्यका बाहिर रहेका खेलाडीहरु आजसम्म आइसक्ने र भोलिदेखि आधिकारिक प्रशिक्षण सुरु हुने क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ ।

लिग टू अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको शृंखला अक्टोबरमा ओमानमा गर्ने प्रस्ताव गरिएको छ । सोही समयमा ट्वान्टी–२० विश्वकप पनि पर्ने भएकाले यो शृंखला अझै अनिश्चित छ ।

पछिल्लो पटक राष्ट्रिय टिम बाहिर रहेका रोहित पौडेललाई यसपटक प्रशिक्षणमा राखिएको छ । यसका साथै तिब्रगतिका बलर गलशन झालाई पहिलो पटक राष्ट्रिय टिमको क्याम्पमा बोलाइएको छ । 

मेयर कप क्रिकेट प्रतियोगितामा चम्किएक गुल्सनलाई क्यानले पहिलो पटक सिनियर टिममा मौका दिएको छ । नेपाल पुलिस क्लवबाट खेल्ने उनले आधिकारीक रुपमा पहिलो पटक मौका पाएका हुन । 

ओमानमा सेप्टेम्बरको दोस्रो साताबाट हुने भनिएको प्रतियोगिताका लागि केहि खेलाडीले तयारी सुरु गरिसकेका छन ।

काठमाडौंमा रहेका खेलाडीलाई राखेर प्रशिक्षक डेभ ह्वाटमोरले मंगलबारबाट प्रशिक्षण सुरु गरेका छन ।

तर काठमाडौं बाहिर भएका खेलाडी अझै आउन बाँकी रहेकाले भोलीबाट सबै खेलाडी सम्मिलित प्रशिक्षण सुरु हुने क्यानले जनाएको छ । 

यसपटक ओमानमा हुने सिरिजका लागि अमेरीका र घरेलु टिमले प्रशिक्षण सुरु गरिसकेको छ । प्रतियोगितामा नेपालले अहिलेसम्म ४ खेल खेल्दा दुई खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ ।

उसले करिव एक बर्ष अगाडी घरेलु मैदानमा चार खेल खेलेको थियो । जसमा ओमानविरुद्धका दुई खेल हारेको थियो भने अमेरीकासँगका दुई खेल जितेको थियो । 

प्रशिक्षणमा बाेलाइएका खेलाडीः

ज्ञानेन्द्र मल्ल (कप्तान) , उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कमलसिंह ऐरी, अविनाश बोहोरा, साहव आलम, सुशान भारी, शरद भेषावकर, विक्रम शोव, पवन सर्राफ र रोहितकुमार पौडेल छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey