Mega Bank

अष्ट्रेलियामाथि बंगलादेशकाे टी-२० मा पहिलाे जित

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०४-२०
  • |
  • 163 पटक हेरिएको

हाइलाइट्स


  • बंगलादेशले पाँच खेलको सिरिजको पहिलो टि-ट्वान्टीमा अस्ट्रेलिया माथि २३ रनको जीत हात पार्यो । 

बंगलादेशले , अस्ट्रेलियालाई   टि-ट्वान्टी अन्तराष्ट्रियमा पहिलो पटक पराजित गरेको छ । बंगलादेशले पाँच खेलको सिरिजको पहिलो टि-ट्वान्टीमा अस्ट्रेलिया माथि २३ रनको जीत हात पार्यो । 

मिरपुर स्थित शेरे बंगला राष्ट्रिय रंगशालमा टस हारेर ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा सात विकेट गुमाएर १ सय ३१ रनको सामान्य योगफल बनाएको थियो । उसका लागि सकिव अल हसनले सर्वाधिक ३६, मोहम्मद नाइमले ३० र महमदुल्लाहले २० रन बनाएका थिए ।

आफिफ हुसेनले २३ रन बनाउनु बाहेक  बांकी खेलाडीले दोहोरो रन बनाउन सकेनन् । जोश हेजलउडले ३ र मिचेल स्टार्कले २ विकेट लिए ।  जवाफमा बंगलादेशका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि अस्ट्रेलिया  पुरै ओभर खेल्दै १ सय ८ रनमा अल आउट भयो ।

मिचेल मार्शले ४५ रन जोडेपनि जीतका लागि पर्याप्त भएन् । स्टार्कले १४ र म्याथ्यु वेडले १३ रन जोडेका थिए । एलेक्स क्यारी, एन्ड्रयु टाय र एडम जाम्पाले खाता खोल्न सकेनन् । जोश फिलिप नौ र मोइसेस हेनरिक १ रनमा पवेलियन फर्किएका थिए ।

अस्ट्रेलियालाइ सस्तैमा समेट्ने क्रममा नासुम अहमदले चार विकेट लिए । चार ओभर वल फालेका उनले मात्र १९ रन खर्चिएका थिए । मुस्ताफिजुर रहमान र सोरिफुल इस्लामले दुइ दुइ विकेट लिए । मेहेदी हसन र सकिबको नाममा एक एक विकेट रह्यो ।

बंगलादेश र अस्ट्रेलिया बीच टि ट्वान्टीमा पहिलो पटक सिरिज भएको हो । यसअघि विश्वकपमा भएका चारै भेटमा अस्ट्रेलियाले जीत हात पारेको थियो ।

यसअघि टेस्ट र एकदिवशीयमा भने बंगलादेशले अस्ट्रेलियालाइ   एक एक पटक पराजित गरेको थियो । यो जीतसंगै घरेलु टोलीले पांच खेलको सिरिजमा एक शुन्यको अग्रता लिएको छ । 

भर्खरै

Advertisement